२ जेठ, पर्वत । जिल्लाको पैयुँमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । पैयुँ गाउँपालिका वडा नम्बर ७ का ६१ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।
उनको आइतबार बिहान आफ्नै घरमा मृत्यु भएको पैयुँ गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भिम गुरुङले जानकारी दिए। वैशाख २४ गते स्वाव परिक्षण गर्दा उनलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।
त्यसपछि उनलाई घरमै राखिएको पैयुँ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुण्य न्यौपानेले बताए । अवस्था सामान्य भएपछि घरमै रहेका उनको एक्कासी मृत्यु भएको परिवार श्रोतले जनाएको छ ।
यो संगै पर्वतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १८ पुगेको छ ।





