३० वैशाख, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ११ पकुवामा रहेका स्यानीपोखरी आधारभूत विद्यालयको विषयमा विद्यालयका अभिभावक र केहि मिडियाहरुले भ्रमपूर्ण प्रचार गरेको भन्दै विद्यालयले आपत्ति जनाएको छ । जिल्लाकै नमुना विद्यालय बनाउने गरी भौतिक पूर्वाधार तर्फ विद्यालयले छोटो अवधिमा उल्लेखनीय प्रगति गरीहेको बेलामा विद्यालयको विषयमा विना आधार झुट्टा आरोप लगाइएको विद्यालयका प्रअ रामबहादुर केसीले बताएका छन् ।
उनले एक विज्ञप्ति जारी गर्दै विद्यालयको भवन निर्माणको जिम्मेवारी (ठेक्का) नपाएका केहि ब्यक्तिहरुले अभिभावकलाई प्रयोग गरी गलत र तथ्यहिन प्रचारबासी गरेको आरोप लगाएका छन् । सरकारी नियमानुसारको रकम प्राप्त गरेर विद्यालयले भौतिक पूर्वाधार तर्फ भवन निर्माण गरीरहेको बेलामा भवन निर्माणको ठेक्का नपाएको रिसमा रिसिवी साध्ने गरी केहि अभिभावकहरुको हस्ताक्षर संकलन गरी विद्यालय माथि लाक्षनायुक्त आरोप लगाइएको केसीको भर्नाइ छ ।
उनले विद्यालयका सवै कारोबारहरु पारदर्शी रहेको र विद्यालयको बार्षिक साधारण सभामा समेत प्रस्तुत गरिदै आएको बेलामा विद्यालयको बदनाम गराउने उद्देश्यले यस्तो भ्रमपूर्ण प्रचारबाजी भएको उल्लेख गरेका छन् । केसीका अनुसार विद्यालयको नाउँमा आएको निवेदनका आरोपहरु कपलकल्पीत र भ्रमपूर्ण रहेको ब्यवस्थापन समितिको ठहर समेत रहेको भन्दै यस्तो संवेदनशिल विषयमा नगरपालिकाको शिक्षा प्रशासनका ब्यक्तिले समेत गैर जिम्मेवार अभिब्यक्ति दिएको भन्ने सार्वजनिक हुने दुःखत रहेको बताएका छन् ।
नियमानुसारका नियमन निकायहरुबाट अनुगमन गरी दोषी पत्ता लागेमा सजाय भोग्न विद्यालय तयार रहेको भन्दै यस्तो भ्रमपूर्ण समाचार र निवेदनको पछाडी नलाग्न सवै अभिभावकलाई केसीले आग्रह गरेका छन् ।
उनले विद्यालयलाई नमुना विद्यालय बनाउने अभियानमा सरकारले समेत सहयोग गरेर भवन निर्माण गर्ने योजना समेत ब्यवस्थापन गरेको उल्लेख गर्दै विद्यालयलाई आगामी दिनमा शैक्षिक क्षेत्रको अग्रिणी विद्यालय बनाउने कार्यमा सवै अभिभावक , शिक्षक विद्यार्थी तथा आम नागरिकको सकारात्मक सहयोगको अपेक्षा पनि गरेका छन् ।





