२५ वैशाख, पर्वत । जिल्ला सदरमुकाम कुश्मा बजार देखि दक्षिणी क्षेत्रमा नियमित रुपमा सञ्चालन हुने सवारी साधनहरु कुश्मा देखि दोविल्ला हुँदै साइकलचोक पुगेर दक्षिणी तर्फको यात्रामा पुग्नुपर्ने झण्झड अव कम हुने भएको छ ।
कुश्माबजारको बडागाउँ देखि मोदीवेणीघाटसम्म पुग्ने सडक कालोपत्रे भएको छ । पूर्वाधार कार्यालयले पर्वतल उक्त सडक कालोपत्रे गरेको हो ।
यस अघि मुडिकुवा पुग्न सवारी साधनलाई झण्डै १५ किलोमिटरको यात्रा गर्नपर्ने बाध्यता थियो । दक्षिणी क्षेत्रको यात्राका लागि झण्डै १० किलोमिटर दुरी छोटो भएको छ । मोदी खोलामा निर्माण शुरु भएको मोटरेवल पुलको समते निर्माण कार्य सम्पन्न भएको छ भने, दुई तर्फी सडकको ट्रयाक् पनि खुलेको छ ।





