Print

गण्डकी प्रदेशमा सरकार परिर्वतनको कसरत दुःखत : सभामुख अधिकारी

२ वैशाख पर्वत । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सरकार परिर्वतनको कसरत दुःखत रहेको बताएका छन् । विहिवार पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजीत एक कार्यक्रममा सभामुख अधिकारीले राजनैतिक अस्थिरता हुनु आफैमा दुःखत रहेको उल्लेख गरेका हुन् । आज मात्रै पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारका विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

अधिकारीले सोहि कुरालाई लक्षित गर्दै भने यसको जिम्मा ठूलो दलले नै लिनुपर्छ । उनले भने–‘जो माथि छ, तल झर्ने पनि उहि नै हो, त्यसैले जिम्मेवारीको हिस्सा पनि ठूलो दलले धेरै लिनुपर्छ ।’ राजनैतिक अस्थिरताले विकास निर्माणमा प्रभाव पर्ने उनको भनाई थियो । अस्थिरताको जिम्मेवारी स्वय्म एमालेले लिनुपर्ने तर्फ इंकित गर्दै सभामुख अधिकारीले ठूलो दलले नै समस्या समाधानमा उन्मुख हुनुपर्ने धारणा राखे ।

अधिकारी आफैले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा भरखरै निर्वाचित पत्रकार महासंघ र उद्योग बाणिज्य संघका पदाधिकारी तथा सदस्यहरुलाई अधिकारीले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष सन्तोष थापा, उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष गोपी अधिकारी र पूर्व अध्यक्ष केदारनाथ शर्माले मन्तब्य राखेका थिए ।