११ मंसिर, पर्वत । नेपाल कम्युनिष्ट पाटि (नेकपा) पर्वतका युवा नेता बिमल लामिछानेले सहयात्रि छुटेकोमा दुःख ब्यक्त गरेका छन् । युवा संघका केन्द्रिय सदस्य समेत रहेका लामिछानेले लामो समय एउटै पार्टी र संगठनमा सँगसँगै काम गरेका सहयात्री छुटेको भन्दै यो अवस्था परिस्थिति जन्य घटना रहेको उल्लेख गरेका हुन् ।
नेकपा पर्वतका सचिबालय सदस्य नेता लामछानेले भनेका छन् – “चाहे अफ्ट्यारो परिस्थितिमा होस् वा सजिलो वेला होस् , सहयात्री बनेउ,अहिले नमिठो वा नमज्जा लाग्दा लाग्दै छुट्टीएर आ-आफ्नो बाटो हिड्नु पर्ने बाध्यात्मक परिस्थिति सृजना भएको छ ।”
सामाजिक संजालमा आफ्नो धारणा सार्वजनिक गर्दै नेता लामिछानेले भनेका छन् “प्रिय मित्रहरु यो कठिन समयमा मन अमिलो भए पनि बिदाईका हातहरु हार्दिकता पुर्वक हल्लाउँदै विदा हौं ।आशा छ कुनै दिन फेरि संगै हुनेछौं ।”
सत्तारुढ दल नेकपा फुटको संघारमा पुगेको छ । नेकपामा केपि अोलि र प्रचण्ड समूह विभाजनको अबस्थामा पुगेका छन् । नेता लामिछाने केपि अोलि निकट हुन् ।
पर्वतको मोदि गाउँपालिकाका प्रबक्ता समेत रहेका लामिछानेले फेरि कुनै दिन कम्युनिष्ट कार्यकता एक ठाउँमा हुनुपर्ने आशयको धारणा सार्वजनिक गरेका हुन् ।




