Print

अब पूर्वाधार कार्यालय कुश्मावाट पनि सडक रुट परमिट जारी हुने

२ पुस पर्वत । सडक रुट परमिट लिन बागलुङ र पोखरा जानुपर्ने बाध्यता अब हटेको छ । ब्यबसायीले अब कुश्मावाट नै परमिट पाउने भएका छन् । पूर्वाधार विकास कार्यलय कुश्माबाट पुस १ गते देखि नै रुटपरमिट बितरण हुन थालेको कार्यलयका सुचना अधिकारि गौरबदास बैरागीले जानकारि दिए ।

पुस १ गते एउटा रुटपरमिट जारी गरी अौपचारीक रुपमा शुरुवात गरिएको छ । कार्यलयका निमिक्त प्रमुख कृष्ण अाचार्यले परमिट जारी गरेर रुट परमिट वितरण कार्यको शुरुवात गरेका हुन् । प्रदेश सरकारले पूर्वाधार कार्यलयवाट पनि परमिट जारी गर्न सक्ने ब्यवस्था लागू गरेपनि ब्यबसायीलाई सहयोग पुगेको कार्यलय प्रमुख आचार्यले बताए । यसअघि बागलुङ र कास्कीमा रहेका यातायात कार्यालयबाट जारि हुदै आएको थियो ।