२५ भदौ, पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतमा कार्यरत एक प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाण्डौबाट सरुवा भएर आउनुभएका २८ वर्षिय प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको हो । उहाँ सरुवा भएर आएपछि पिसिआर परिक्षणका लागि क्वारेन्टिनमा रहनुभएको थियो ।
कोरोना पुष्टि भएका प्रहरी जवानलाई पर्वतको आइशोलेशन अस्पतालमा राखेर उपचार थालिएको सिसीएमसी पर्वतका प्रवक्ता प्रविण भण्डारीले जानकारी दिनुभयो । यो सँगै पर्वतको कोरोना संक्रमण हुनेको संख्या १ सय १० पुगेको छ । हालसम्म १ सय ३ जना उपचारपछि निको भएर फर्किसकेका छन् भने अहिले ७ जनाको आईशोलेशन अस्पतालमा उपचार भैरहेको छ ।
पर्वतमा सुरक्षा निकायमा पहिलोपटक कोरोना संक्रमण देखिएको हो ।




