जन्मदिनको उपलक्ष्यमा शैक्षिक सामाग्री वितरण

४ असोज, पर्वत । सामाजिक अभियान्ता तथा विभिन्न संघ संस्थामा आवध पर्वतका युवा अर्जुन पौडेल निर्जनले आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामाग्री सहयोग गरेका छन् ।

विपन्न समुदायका बालवालिकाले अध्यायन गर्ने कुश्माको बाल मन्दिर प्रा।विका ५ जना जेहेन्दार तथा विपन्न विद्यार्थीलाई उनले सहयोग गरेका हुन । आफ्नो ३८ औं शुभजन्मोत्सवको अवसरमा उनले शैक्षिक सामाग्रीहरु झोला,ड्रेस सेट,पोलर हाइनेक,सुईटर र कपि वितरण गरेका हुन ।

बाल मन्दिर प्रा।विद्धारा छनोटमा परेका कक्षा १ का दिप कुमाल,कक्षा २ का दिपेश परियार,कक्षा ३ का संस्कृति बोहोरा,कक्षा ४ का सञ्जना सार्की र कक्षा ५ का विना श्रीसले उक्त शैक्षिक सामाग्री प्राप्त गरेका हुन ।

विद्यालयमा आयोजना गरिएको औपचारीक कार्यक्रममा बोल्दै सामाजिक अभियान्ता अर्जुन पौडेल निर्जनले वि।स २०२१ सालमा स्थापना भएको उक्त विद्यालयमा विपन्न र श्रमजिवीका छोराछोरीले अध्यायन गरेको हुँदा जन्मदिनमा फजुल खर्च काटेर उनीहरुको सहयोगी हुँदा सन्तोष प्राप्त हुने भन्दै सहयोग गरेको बताए ।

साथै,आफु जिल्ला बाल संगठनको अध्यक्षका नाताले यस्ता विद्यालयको उत्थानमा राज्यका संयन्त्रसँगको सहकार्यमा सहयोग माग्न सधै लाग्ने बताए । सो अवसरमा बाल मन्दिर प्राविका अध्यक्ष विपिन गुरुङले उनलाई विद्यालयको तर्फबाट मायाको चिनो प्रदान गर्दै जन्मदिनको अवसरमा शुभकामना ब्यक्त गरेका थिए ।

उक्त अवसरमा विद्यालयका सबै विद्यार्थीहरुलाई उनले जन्मदिनका दिन लायन्स क्लवसँगको सहकार्यमा खाजाको पनि ब्यवस्था गरेका हुन । सामाग्री सहयोग कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक कर्मचारीहरुले गरेका थिए । अर्जुन पौडेल निर्जन युवा संघ नेपालका केन्द्रिय सदस्य समेत हुन । उनले राजनीतिलाई सामाजिक अभियान माफर्त रुपान्तरण गर्न विभिन्न संस्थामा रहेर आपतमा परेकाहरुलाई सहयोग गर्दै आइरहेका छन् ।