जलजलामा करार कर्मचारीको विषयमा विवाद, कार्यपालिका बैठक बस्न सकेन

३ असोज, पर्वत । जलजला गाउँपालिकामा करारका कर्मचारी राख्ने वा हटाउने भन्ने विषयमा जनप्रतिनिधिहरु वीच विवाद भएको छ । गाउँपालिकाका बहुमत जनप्रतिनिधिहरुले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सहितका जनप्रतिनिधिहरुले एकलौटी ढङगले अघि बढ्न खोजेको आफ्ना एजेण्डाहरुलाई किनारा लगाएको भन्दै वैठकमा आपत्ति जनाउदै आएका छन् । जनप्रतिनिधिहरुले कर्मचारी राख्ने वा फाल्ने भन्ने विषयमा मतान्त बढाउँदा गाउँपालिकाको वैठक अनिर्णीत हुने गरेको छ । गाउँ सभाबाट पाति बजेट पनि मनपरी ढङगले शीर्षकहरुमा विनियोजन गरेको भन्दै बहुमत जनप्रतिनिधिहरुले विरोध जनाउदै आएका छन् ।

मुख्य गरी नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले गाउँपालिकाका अध्यक्षले एकलौटि ढङगले निर्णयहरु गर्ने कार्यान्वयन गर्न खोज्ने गरेका कारण आफूले विरोध गरेको बताउँदै आएका छन् । उनीहरुले पालिकालाई अनावश्यक ब्यय भार हुने कर्मचारीहरु हटाउनुपर्ने र राजनैतिक नियुक्तीको भरमा राखिएका कर्मचारीलाई पुर्ननियुक्ती गर्न नहुने अडान राख्दै आएका छन् । गाउँपालिकाका अध्यक्ष नेतृत्वको समूहले जनप्रतिनिधिहरुलाई झुक्काउदै निर्णय पुस्तिका तयार गर्दै आइरहेको उनीहरुको आरोप छ । उनीहरुले अनावश्यक कर्मचारी हटाउने पुर्ननियुक्तीका लागि खुल्ला विज्ञापन गर्नुपर्ने माग राख्दै आएका छन् ।

उता, गाउँपालिकाका अध्यक्षले भने सहमतीको विन्दूमा नआई बहुमतको धाक लगाए जनप्रतिनिधिहले गाउँपालिकाको नियमित काममा अवोध गरेको बताउँछन् । गाउँपालिकाका प्रवक्ताले शनिवार मात्र जारी गरेको विज्ञप्तिमा एक चौथाई सदस्यको उपस्थितीमा गाउँपालिकाको बजेट खर्च सम्बन्धि निर्णयहरु भएको जानकारी गराएका छन् ।

कार्यपालिकाको दोस्रो वैठकमा खबर भए पनि जनप्रतिनिधिहरु उपस्थित नभए एक चौथाई जनप्रतिनिधिहरु बैठक बस्न सक्ने कार्यविधि बमोजीम नै कार्यपालिकाको वैठक बसी निर्णयहरु गरेको प्रवक्ता हरीविकास जिसीले उल्लेख गरेका छन् । उनले काममा खटिएका कर्मचारीलाई हटाउने विषय तर्क संगत नभएको भन्दै गाउँपालिकाका वैठक मा बहुमत जनप्रतिनिधिहरुले बारम्बार अवरोध गरेको आरोप लगाएका छन् । गाउँपालिका भित्रका झण्डै २ सय करारका कर्मचारीहरु मध्ये अधिकांश राजनैतिक नियुक्तीको भरमा नियुक्त गरिएको कार्यसम्पादन पनि सन्तोषजनक नभएको एमाले निकट जनप्रतिनिधिहरुको भनाई छ ।

एमाले गठबन्धनका जनप्रतिनिधिहरुको विवाद बढ्दै जाँदा चालु आर्थिक बर्षका सवै खर्च योग्य कामहरु रोकिएका छन् भने छनौट भएका योजनाहरुको कार्यान्वयन पनि हुन सकेको छैन् । गाउँपालिका अध्यक्ष राजु आचार्यले राजनैतिक दलहरु वीच नै सहमति खोजे गाउँपालिकाका नियमित कामहरुलाई चाडै सुचारु गर्ने गरी पहल भइहेको जानकारी दिएका छन् । अध्यक्ष आचार्यले नियम कानून बमोजीम सवै जनप्रतिनिधिहरु एक ठाउँमा आएर कार्यपालिकाको वैठकमा आफ्नो कुरा राख्न आग्रह गरेका छन् ।

अर्थ वीट साप्तहिकमा खबर छ