पर्वतबाट समानुपातिक बन्दसुचिमा कस्को सम्भावना कति ?

३० भदौ, पर्वत । प्रदेश र संघको निर्वाचनको लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत बन्द सुचि पेश गर्ने मिति नजिकिएको छ । दलहरुले आफ्नो दलको तर्फबाट आगामी असोज २ र ३ गते बन्द सुचिको लिष्ट निर्वाचन आयोगमा बुझाउनुपर्ने हुन्छ ।

संघ तर्फ ११० जना र प्रदेश तर्फ ७ वटा प्रदेशहरुमा फरक फरक संख्यामा दलहरुले समानुपातिक उमेदवारहरुको बन्द सुचिको लिष्ट बुझाउनेछन् । बन्द सुचिमा परेकाहरु मध्येबाट दलहरुले प्राप्त गर्ने कुल मतलाई भाग गरेर सोहि बमोजीमको समानुपातिक उमेदवारहरु दलको सिफारिसमय निर्वाचित हुनेछन् ।

समानुपातिक निर्वाचन प्रणालीद्धारा निर्वाचित हुनका लागि सम्बन्धित दलले प्राप्त गर्ने कुल मतको अंक भारमा आधारित हुने गर्दछ । यस्तो निर्वाचन प्रणाली अन्तर्गत पर्ने दलका नेताहरुले निर्वाचन प्रणालीको लागि दलहरुलाई मत माग्दछन् ।

प्रत्यक्ष तर्फको निर्वाचनका लागि आगामी असोज २३ गते उमेदवारी दर्ताको समय रहेको छ । यस अघि समानुपातिक तर्फ असोज २ र ३ गते दर्ता हुने बन्द सुचिममा आफ्नो नाम पार्नका लागि सवै दलका नेताहरु यति बेला शक्ति केन्द्र गु्हारीरहेका छन् ।

पर्वत जिल्लाबाट एमाले, कांग्रेस र माओवादी ३ मुख्य पाटीहरुमा समानुपातिक उमेदवारको लिष्टमा पर्नका लागि रस्साकस्सी देखिएको छ ।

नेकपा एमालेबाट संघका लागि एक मात्र मनोहर वि. पौडेलको नाम जिल्लाबाट सिफारिस छ । उनी दलित समुदाय तर्फबाट बन्द सुचिमा उमेदवार बन्न सक्ने सम्भावित नेता हुन् । एमाले निकट दलितहरुको संगठन मुक्ति समाजको केन्द्रिय अध्यक्ष रहेका कारण पौडेलको नाम अग्रपंक्तिमा छ । पाटीले केन्द्र वा प्रदेश मध्ये एक ठाउँमा पौडेललाई समानुपातिक उमेदवार बनाउने सम्भावना एमालेमा देखिएको छ ।

एमालेमा केन्द्रमरु अरु नेताका नाम नचले पनि केहि प्रत्यक्ष तर्फ टिकटका आश गरीरहेका नेताहरुलाई समेत समानुपातिकको लिष्टमा पाटीले राख्नसक्नेछ ।
प्रदेश तर्फ भने महिलाहरुको तर्फबाट शारदा शर्मा र कमला पन्तको सम्भावना रहेको एमाले श्रोतको भनाई छ । एमालेले प्रत्यक्ष तर्फका आकाक्षीहरुलाई समेत प्रत्यक्ष समानुपातिकमा राख्नसक्ने देखिन्छ ।

एमालेमा खस आर्य समुदायबाट प्रेम लामिछाने, दुर्गा शर्मा, एकबहादुर हमाल, पुष्पराज पौडेल, अनिल मास्के, र सूर्यप्रसाद शर्मा आकाक्षी छन् । जनजाति तर्फ भने महेन्द्र जोशी, जंगबहादुर पुन बुद्धले आकाक्षा ब्यक्त गरेका थिए । उता, दलित तर्फ सुजन विक, कविता विक र तुलकान्त सुनार एमालेका आकाक्षी हुन् ।

एमाले भित्र समानुपातिक उमेदवारका आकाक्षीको संख्या भने झण्डै १ दर्जन रहेको छ । प्रदेशमा २४ जना उमेदवारलाई प्रत्येक दलले समानुपातिक सुचिका उमेदवार बनाउन सक्छन् ।

उता, नेपाली कांग्रेसमा भने समानुपातिक सुचिमा तरुणदलका केन्द्रिय अध्यक्ष विद्धान गुरुङको नाम अग्रपंक्तीमा छ । उनी जनजाति समुदायको पनि भएका कारण र समानुपातिक सुचिका आकाक्षी भएकाले कांग्रेसले गुरुङलाई सुचिमा राख्न सक्नेछ ।

महिला तर्फ भने महाधिवेशन प्रतिनिधिहरु सिता राधाकुमारी क्षेत्री. काप्ले लामिछाने, , रेखा गुरुङको नाम चर्चा छ । उनीहरुले सकेसम्म संघ यदी नभए प्रदेशमा समेत समानुपातिक सुचिमा बस्न तयार रहेकाले सोहि अनुसारको पाटी भित्र लबिङ भइरहेको छ ।

कांग्रेसले प्रत्यक्ष तर्फका आकाक्षीहरुलाई समेत प्रदेश वा संघको बन्द सुचिमा राख्न सक्ने गरी कांग्रेस भित्र तयारी भइरहेको छ । गठबन्धनलाई सिट दिँदा धेरै नेताहरु जिम्मेवारी विहिन हुने भएकाले कांग्रेस भित्र समानुपातिक सुचि तयार गर्न भने गाहे भइरहेको छ ।

कांग्रेस तर्फ संघ र प्रदेशमा आकाक्षा राख्नेहरुको संख्या २ दर्जन भन्दा बढि रहेको छ । माओवादी तर्फ भने मनरुपा शर्मा महिला तर्फबाट बन्द सुचिमा पर्नसक्ने सम्भावित नाम हो । उनी शहिद परिवारका सदस्य समेत भएकाले माओवादीले बन्द सुचिको उमेदवार बनाउनसक्ने देखिन्छ ।