म्यूजिक भिडियोमा जमेका सुधिर

२५ भदौ, पर्वत । म्याग्दी जिल्ला जन्मेर पर्वत स्थायी बसोबास रहेका सुधिर श्रेष्ठ युवा पुस्ताका चर्चित डान्सरको नाम हो । उनी अहिले राजधानीमा अभिनयकला र नृत्य मार्फत आफ्नो सघन पहिचान स्थापीत गर्न सफल भएका छन् । लामो समयसम्मको संघर्षबाट अभिनयको मैदानमा आएका श्रेष्ठले पछिल्लो समय आफ्नो प्रशंसकको संख्यामा उल्लेख्य बृद्धि गरेका छन् ।

म्युजिक भिडियोहरुमा सुधिरले अचेल उल्लेख्य सहभागीता छ । एक समय टिकटक मार्फत चर्चा बटुलेका सुधिर यति बेला नाम चलेका कलाकाहरुसंगको तुलनामा ब्यस्त कलाकारको दर्जामा पर्न थालेका छन् ।

३ दर्जन बढि गीतहरुमा अभिनय, नृत्य मार्फत आफ्नो कला प्रदर्शन गरेका सुधिरले अभिनय गरेका धेरै म्युजिक भिडियो सफल देखिन्छन भने केहि भिडियो औसत चलेका छन् ।

क्रिकेटर बन्ने सपना देखेका सुधिर अन्ततः कला क्षेत्रमा जमेका छन् । पुराना कलाकाहरुको सिको गर्ने र उनीहरुबाट प्रभावित भई यो क्षेत्रमा जिबन्त रहने उनले प्रतिबद्धता गरेका छन् ।