पर्वतको स्वास्थ्य क्षेत्रमा सुधारको प्रयास : बर्राचौरमा १५ शैयाको अस्पताल भवनको शिल्यान्यास

१६ साउन, पर्वत । जिल्लाको दक्षिणी क्षेत्र बिहादी गाउँपालिकाको बर्राचौरमा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ । दक्षिणी क्षेत्र बर्राचोरुमा सुविधासम्पन्न १५ शैयाको अस्पताल निर्माणको लागि भवनको निर्माण कार्य शुरु गरेको छ ।

गाउँपालिकाका अध्यक्ष कमल भुषालले एक कार्यक्रमका वीच भवनको शिल्यान्यास गरेका छन् । जिल्लाको बिहादी गाउँपाकिला वडा २ न वडा वर्राचौरमा १५ शैयाको बर्राचौर प्राथामिक अस्पताल भवनको निर्माण कार्य शुभारम्भ भएको छ ।

 

भयाली बाबुरत्न जे.वि. कन्स्ट्रक्सन प्रालि निर्माणको जिम्मा पाएको उक्त भवन आगामी १६ महिनामा निर्माण सम्पन्न हुने कम्पनीले जनाएको छ । भवन निर्माणको लागि स्थानीय डोलिन्द्र गिरीले जग्गा दान गरेका हुन् । वर्राचौरका वडा सदस्य समेत रहेका गिरीले निशुल्क प्रदान गरेको जग्गामा भवन निर्माण हुन लागेको हो ।

भवनको शिल्यान्यास पछि गाउँपालिका अध्यक्ष कमल भुषालले स्वास्थ्य क्षेत्रमा पछिल्लो समय पूर्वाधारको निर्माण हुँदै गएकोले अव गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा ध्यान दिनुपर्ने धारणा ब्यक्त गरे । उनले सवै गाउँपालिकाबासी नागरिकलाई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने अभियानमा गाउँपालिकाले पहल गरीरहेको समेत बताए ।

कार्यक्रममा वडा न २ का वडाअध्यक्ष ओम कुँवरले १५ शैया प्राथमिक अस्पताल बर्राचौरमा ल्याउनका लागि आफुलाई सहयोग गर्ने सम्पूर्ण टिमहरु प्रति र जग्गा दाताहरु प्रति आभार ब्यक्त गरे । बर्राचौर स्वास्थ्य चौकीका प्रमुख भुपेन्द्रनाथ पौडेलले शिल्यान्यास कार्यक्रमको सञ्चालन गरेका थिए ।

नेपाल सरकारले देश भरका केहि सिमित ठाउँमा निर्माण गर्न लागेको विशेष स्वास्थ्य कार्यक्रम अन्तर्गत ४ करोड ५१ लाखको सम्झौता रकममा भवन निर्माण हुन लागेको निर्माण कम्पनीका नवरजा सिंजालले जानकारी दिए । कुल ६ करोड ७९ लाखमा बोलपत्र आब्हान भए पनि ४ करोड ५१ लाखमा कम्पनीले निर्माणको जिम्मा लिएको हो । २ बर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी कम्पनीले ११ हजार ७ सय इक्वार फुटमा भवनको निर्माण गरिनेछ । भवनको निर्माण केन्द्रिय योजना कार्यान्वयन ईकाई काठमाण्डौं मार्फत भएको हो ।