असारको अन्तिम साता कार्यालय प्रमुखको सरुवा पछि आयोजनाको काम अस्तब्यस्त

४ साउन, पर्वत । आर्थिक बर्ष सकिने अन्तिम साता कार्यालय प्रमुखको सरुवा भएपछि राष्ट्रिय गौरवको आयोजनाको काम प्रभावित भएको छ । आयोजना अन्तर्गत वेनी जोमसोम कोरला सडकका प्रमुख डिभिजन इन्जिनियर रामेश्वर लम्सालको असार अन्तिम साता सरुवा भएको छ ।

कार्यालय प्रमुखको सरुवा भएपछि आयोजनाको निर्माण कार्य प्रभावित भएको छ । कर्मचारीलाई अनावश्यक दुःख दिने नियतले सरुवा गरेपछि कार्यालयको काम प्रभावित भएको हो । हिमाली क्षेत्रमा जोखिम मोलेर काम गरीरहेका कर्मचारीको विना कारण सरकारले सरुवा गरेको हो । सरुवा गरिएका लम्साललाई विभागमा खटाइएको छ ।

आर्थिक बर्षको अन्त्यमा कर्मचारी सरुवा गरेर अर्को कर्मचारीबाट खाता सञ्चालन समेतको अधिकार प्रत्योजन गरिएको छ । सरकारी संयन्त्रको वेथितिका तथा पुरस्कार र ढण्ड सम्बन्धि असमान अवधारणका कारण कर्मचारीको मनोबल गिर्ने र कार्य प्रगति नदेखिने कार्यालयका अन्य कर्मचारीहरु बताएँछन् । सडक डिभिजन कार्यालय बागलुङ र वेनी जोमसोम कोरला सडकका प्रमुख लम्सालको असारको अन्तिम साता सरुवा भएको छ ।

लम्साललार्ई जिम्मेबारीबाट हटाएपछि सडक निरन्तर रुपमा अवरुद्ध भएको र सडक संचालन गर्ने तर्फ निर्माण व्यवसायीहरुले चासो देखाएका छैनन् । सरकारी निकायबाट हुने यी र यस्ता निर्णय के यो सरुवा यात्रुुहरुले दुख पाउन भनेर गरीएको हो ? आयोजनाको काम प्रभावित भए पछि विभाग सामू यस्ता प्रश्नहरु उब्जिएका छन् । सरकारी निकायको सरुवा सम्बन्धि न्यायोचित मापढण्ड नहुँदा अधिकांश पूर्वाधार निर्माण तर्फको कार्यालयका आयोजनाहरु प्रभावित हुने गरेका छन् ।