निर्दलीय ब्यवस्थालाई स्विकृत दिनु प्रतिगमनलाई आमन्त्रण गर्नु हो : एमाले नेता गिरी


२८ असार, पर्वत । नेकपा एमाले जिल्ला कमिटि पर्वतका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद पदम गिरीले अदालतको फैसलाले प्रतिगमन निम्तने बताएका छन् । उनले दलिय ब्यवस्था भएको मुलुकमा निर्दलीय ब्यवस्थालाई स्विकृत दिएर अदालतले प्रतिगमनलाई आमन्त्रण गरेको धारणा सार्वजनिक गरेका छन् ।

अदालतले दोस्रो पटक विघटित प्रतिनिधि सभाको पुर्नस्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेको छ । अदालतले संविधानको धारा १७६ को दफा ५ मा दलिय ह्इप नलाग्ने कुरा उल्लेख गरे पछि नेता गिरीले निर्दलीय ब्यवस्थाको स्विकृत दिनु गलत रहेको ब्याख्या गरेका हुन् ।

नेता गिरीले शक्ति पृथकिकरणको सिद्धान्तको विपरित बहुदलीय संसदीय लोकतान्त्रिक शासन प्रणाली माथि नै यो फैसलाले स्विकृत दिएको बताएका छन् । उनले यस्तो फैसलाले प्रकारान्तमा प्रतिगमनको खतरा रहेको उल्लेख गर्दै संविधानको सर्वोच्चता र यसको रक्षाका लागि सवैलाई सचेत हुन समेत आग्रह गरेका छन् ।