डेढ महिना पछि पर्वतमा निषेधाज्ञा खुकुलो

३१ जेठ, पर्वत । झण्डै डेढ महिना पछि पर्वत जिल्लामा निषेधाज्ञा खुकुलो पारिएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले आज एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएको जनाएको हो ।

प्रशासन कार्यालयले गत वैशाख १८ गते देखि कोरोना संक्रमणको कारण देखाउँदै पर्वतमा निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाका कारण सवै क्षेत्र प्रभावित भएको थियो । सवारी साधन सञ्चालनमा प्रतिबन्ध थियो । पसलहरु सञ्चालन तथा घर बाहिर निस्कन समेत मानिसहरुलाई प्रशासनले प्रतिबन्ध लगाएको थियो ।

असार १ गते देखि लागू हुने गरी सम्पूर्ण बैंक तथा बित्तिय संस्थाहरु खुल्ला हुने भएका छन् भने पसलहरु विहान ६ देखि ११ बजेसम्म खोल्न पाइने भएका छन् । यो नियम खाद्यन्न पसलहरुमा मात्र लागू हुनेछ । बाँकी अन्य पसलहरु सञ्चालनमा भने अझै पनि प्रतिबन्ध कायम रहेको छ ।

सार्वजनिक सवारी साधनहरु सञ्चालन गर्न पाइने छैन भने अन्य सवारी साधनहरु परिचय पत्रका आधारमा सञ्चालन गर्न दिइने प्रशासन कार्यालयले जनाएको छ ।