नरोत्तम बैधलाई कानुन बमोजिम कारबाही गर्न एमाले नेता गिरीको माग

२९ जेठ, पर्वत । नेकपा एमाले पर्वतका अध्यक्ष एबम‌् निर्बतमान सांसद पदम गिरीले आपराधिक अभिब्यक्ती दिने कांग्रेसका प्रदेश सांसद नरोत्तम बैधलाई कारबाही गर्न माग गरेका छन् । बैधले प्रधानमन्त्री ओलिलाई मार्न आफु तयार रहेको अभिब्यक्ति प्रदेश सभाको बैठकमा ब्यक्त गरेका थिए ।

बागमती प्रदेश सभा सदस्य बैधले दिएको अभिव्यक्तिले राजनीति र समाजमा अराजकता र आपराधिकरण बढ्ने भन्दै यस्तो अभिव्यक्तिको नेता गिरीले निन्दा गरेका छन् । सामाजिक संजालमा आफ्नो धारणा सार्वजनिक गर्दै नेता गिरीले यस्तो अभिव्यक्ति दिने प्रदेश सभा सदस्यमाई तत्काल कानुन बमोजिम कारबाही गर्न समेत ‌माग गरेका छन् । बैधले नाथुरसम गोड्से बनेर प्रधानमन्त्रीको हत्या गर्छु भन्नु कानुनी राज र‌ संसदीय मर्यादा बिपरित रहेको गिरीको भनाई छ ।

गिरीले यस्ता प्रबृत्तिको निरुत्साहन गर्न समेत अनुरोध गरेका‌ छन् । गिरी पछिल्लो आम निर्वाचनमा पर्बत जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन् ।