यी हुन् पर्वतमा कोरोना संक्रमणका उच्च जोखिम स्थानहरु

२७ जेठ, पर्वत । कोरोना संक्रमणको दोस्रो लहर शुरु भए लगतै पर्वतमा संक्रमणको दर उच्च भएको छ । विगत डेढ महिना अवधिको तथ्यांक हेर्दा जिल्लामा संक्रमणको दर निकै उच्च भएको हो ।

कोरोना संक्रमणको फैलावट पर्वतमा निकै उच्च देखिन्छ । संक्रमीतको संख्या बढ्दै जाँदा महामारीको चपेटामा परी ५१ जनाले ज्यान समेत गुमाईसकेका छन् । यो अवधिमा जिल्लाका सवै पालिकाहरुमा संक्रमीतहरु फेला परेका छन् ।

संक्रमणको उच्च जोखिम स्थानको रुपमा धेरै संक्रमीत भेटिएको क्षेत्रलाई हामीले उल्लेख गरेका छौं । स्वास्थ्य कर्यालय पर्वतका अनुसार अहिलेसम्म जिल्लाको सदरमुकाम कुश्मा बजार अर्थात कुश्मा नगरपालिका ४, ५, ६ र ७ मा सवैभन्दा धेरै संक्रमीत फेला परेका छन् । यसैगरी धेरै संक्रमीत भेटिनेमा पर्वतका जलजलाको माझफाँट क्षेत्र पर्दछ । उता, फलेवासको देविस्थानमा पनि अहिलेसम्म जिल्ला भरीकै धेरै संक्रमीतहरु फेला परेका छन् ।

धेरै संक्रमीत भेटिएको जलजलाको माझफाँटमा पर्दछ । यहाँ कुल २ सय २६ जना संक्रमीत फेला परेका छन् । जलजलाको वडा न २, ३ र ४ लाई साविक माझफाँट गाविस भनिन्छ । वडा न २ मा ७४ जना वडा न २ मा १०१ र वडा न ३ मा ५१ जना संक्रमीत फेला परेका छन् । यो संख्या जिल्ला भरीकै साविक गाविस र वडाहरुको संख्याको उच्च संख्या हो ।

यसैगरी कुश्मा नगरपालिकाको बजार क्षेत्रमा २ सय २४ जना संक्रमीत भेटिएको स्वास्थ्य कार्यालयका सुचना अधिकृत प्रविन भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार कु्श्मा नगरपालिका वडा न ४ मा ४९ जना, वडा न ५ मा ७६ र वडा न ६ मा ६१ जना तथा वडा न ७ मा ३८ जना संक्रमीत फेला परेका छन् ।

यसैगरी जिल्लाका अन्य वडाहरु भन्दा धेरै फलेवासको देविस्थानमा संक्रमीत भेटिएका छन् । यो वडामा मात्रै ९० जना संक्रमीत भेटिएको भण्डारीले जानकारी दिए ।
केहि वडाहरुमा संक्रमीतको संख्या शुन्य भए पनि ति वडाहरु निकै न्यून रहेका छन् । संक्रमण पुष्टि नभएका मध्ये मोदीको वडा न ३ देउराली र फलेवासको वडा न ८ ठानामौलामा संक्रमीत भेटिएका छैनन् ।

हालसम्म दोस्रो चरणको संक्रमणमा १४९२ जना पर्वतमा संक्रमीत भएका छन्, भने ५१ जनाको मृत्यु भईसकेको छ ।