पर्वतमा कोरोना विरुद्धको दोस्रो डोजको खोप लगाउन छुटेकालाई फेरी लगाइने

६ जेठ, पर्वत । कोरोना भाईरस विरुद्धको दोस्रो डोजको खोप लगाउन छुट भएकाहरुलाई पुनः दोस्रो डोजको खोप लगाईने भएको छ । स्वास्थ्य कार्यालय पर्वतका डा. भोजराज गौतमका अनुसार खोप लगाउन छुट भएकाहरुलाई खोप लगाउने कार्य तालिका स्थानीय तहलाई जिम्मा दिइएको हो ।

पहिलो खोप गत फागुन २३ गते अघि लगाएका तर दोस्रो खोप लगाउन छुट भएकाहरुलाई सरकारले खोप लगाउन पाउने गरी ब्यवस्था गरेको डा. गौतमले जानकारी दिए ।

खोप लगाउने समय तालिका भने पालिकाहरुले आफ्नो अनुकूल प्रकाशन गर्ने उनको भनाई । यहि वीच कुश्मा नगरपालिकाले आगामी जेठ ९ र १० गते तथा मोदी गाउँपालिकाले १० र ११ गते खोप लगाउने गरी सुचना प्रकाशन गरीसकेका छन् । बाँकी स्थानीय तहहरुले पनि समय तालिका निर्धारण गरी खोप लगाउने तयारी गरीरहेका छन् ।

सरकारले निशुल्क उपलब्ध गराएको कोभिसिल्ड नामक खोप पहिलो डोज लगाए पनि दोस्रो डोज लगाउत १ सय ५० को संख्याका मानिसहरु छुट भएको स्वास्थ्य कार्यालयका प्रमुख डा. गौतमले जानकारी दिए ।