पर्वत अस्पतालमा कोरोनाका विरामीको चाप, नयाँ विरामी भर्ना गर्ने बेड छैनन्

२९ वैशाख, पर्वत । कोरोना भाइरसको संक्रमणबाट विरामीको संख्या ह्वातै बढेपछि देश भर जस्तै पर्वतमा पनि वेडको अभाव हुन थालेको छ । जिल्लामा रहेको एक मात्र सरकारी अस्पताल पर्वत अस्पतामा वेडको अभाव हुन थालेको हो । कुश्मा बजारमा रहेको सरकारी अस्पतालमा १० बेड तयार गरिए पनि ति सवै वेडमा विरामी भर्ना भएका छन् ।

संक्रमण पुष्टि भएर लक्षण देखिएका विरामीलाई अहिले अस्पतालले भर्ना गरीरहेको अस्पतालका निमिक्त प्रमुख डा. ढुण्डिराज पौडेलले जानकारी दिए । उनले अस्पतालले कोभिडका लागि तयार गरेको सवै शैया भरिएका कारण वेडको अभाव रहेको समेत बताए ।

अस्पतालका चिकित्सकहरुले विरामीलाई कोभिड वार्ड बाहेकका वेडहरुमा समेत राखेर उपचार गरीरहेका छन् । अस्तापलमा भर्ना भएका विरामीहरुलाई अक्सिजनको आवश्यकता परेको छ । अक्सिजन सहित भर्ना भएका विरामीहरुको सामान्य प्रकारको उपचार सेवा अस्पताल भए पनि आइसियू र भेन्टिलेटरको आवश्यकता पर्ने भएमा तत्काल रिफर गर्नुपर्नेछ । अस्पतालमा भेन्टिलेटर र आईसियू प्रदेश सरकारले ब्यवस्थापन गरे पनि जनशक्ति भने पठाएको छैन् । प्रदेश सरकारले उपकरण ब्यवस्थापन गरे पनि जनशक्तिको ब्यवस्थापन नहूँदा सामाग्री त्यसै थन्किएको डा. पौडेलको भनाई छ ।

विरामीको चाप बढ्दै गएपछि अस्पतालले तत्कालै २० शय्या थप्ने तयारी गरेको छ । हाल अस्पतालमा १२ जना कोभिडका विरामीले उपचार गराईरहेको डा. पौडेलले बताए । उनका अनुसार ८ जना लक्षण सहित गम्भिर प्रकृतिका विरामी छन् । बाँकी सामान्य रहे पनि उनीहरुलाई भर्ना गरेर उपचार गरिएको उनको भनाई छ ।
अस्पतालका अध्यक्ष गोविन्द पहाडीले थप शैयाको ब्यवस्थापन गरेर उपचारको प्रयास गरिने बताए । उनले जनशक्ति र उपकरण ब्यवस्थापनमा स्थानीय

पालिकाहरुले सहयोग नगरेको बताएका छन् । जनशक्ति ब्यवस्थापन गर्न प्रदेश सरकारले समेत तत्परता नदेखाउँदा उपचारमा समस्या भएको उनको भनाई छ ।