पर्वतमा थप २ जनाको मृत्यु, ७१ जनामा संक्रमण पुष्टि

२७ वैशाख, पर्वत । जिल्लामा आज थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य निर्देशानालय पोखराका अनुसार कुश्मा नगरपालिका वडा न ४ का ६७ बर्षका पुरुषको मृत्यु भएको हो ।

उनको पोखरा स्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । यसैगरी आजै कुश्मा नगरपालिका वडा न १ का ४७ बर्षका पुरुषको पनि मृत्यु भएको छ । उनको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो ।

योसंगै पर्वतमा कुल मृत्युको संख्या १३ पुगेको छ ।

आज मात्रै पर्वतमा थप ७१ जनामा कोभिडको संक्रमण देखिएको छ । संक्रमीत मध्ये जलजला गाउँपालकामा ३७ जना, मोदी गाउँपालिकामा २३ जना, पैयू गाउँपालिकामा ११ जना फलेवास नगरपालिकामा २ जना रहेका छन् । उनीहरुको विभिन्न अस्पताल तथा ल्यावहरुम गरिएको परिक्षणबाट पोजेटिभ देखिएको छ ।