पर्वतमा कोरोनाबाट दैनिक १ जनाको मृत्यु, आज पनि उपचारको क्रममा थप एक जनाको मृत्यु

२६ वैशाख, पर्वत । कोरोना संक्रमणबाट पर्वतमा केहि दिन देखि दैनिक १ जनाको दरले मृत्यु भइरहेको छ । स्वास्थ्य निर्देशनालले आइतवार जारी गरेको विज्ञप्ति अनुसार थप १ जनाको मृत्यु भएको छ ।

कुश्मा नगरपालिका वडा न १३ का ४२ बर्षका पुरुषको मृत्यु भएको निर्देशनालयले जनाएको छ । पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा उनको मृत्यु भएको हो । उनमा वैशाख २१ गते कोरोना पुष्टि भएको थियो ।

योसंगै पर्वतमा कुल मृत्युको सख्ंया १० पुगेको छ ।