कोरोनाबाट पर्वतमा थप १ सहित एकै दिन २ जनाको मृत्यु

२६ वैशाख, पर्वत । कोरोना संक्रमणबाट पर्वतमा केहि दिन देखि दैनिक १ जनाको दरले मृत्यु भइरहेको बेला आज भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालले आइतवार जारी गरेको विज्ञप्ति अनुसार थप १ जनाको मृत्यु भएको छ ।

फलेवास नगरपालिका वडा न ५ का ६७ बर्षिया पुरुषको संक्रमणका कारण मृत्यु भएको निर्देशनालयले जनाएको छ । संक्रामण तथा सरुवा रोग उपचार केन्द्र पोखरामा उपचारको क्रममा उनको आज विहान ९ बजे मृत्यु भएको हो । उनमा वैशाख २४गते कोरोना पुष्टि भएको थियो ।

यस अघि आज नै कुश्मा नगरपालिका वडा न १३ का ४२ बर्षिया पुरुषको पनि पोखरामा कोरोनाकै कारण मृत्यु भएको थियो ।

योसंगै पर्वतमा कुल मृत्युको सख्ंया ११ पुगेको छ ।