पर्वत अस्पतालमा थप १ जना कोरोना संक्रमीतको मृत्यु

२१ वैशाख, पर्वत । कोरोना संक्रमणबाट पर्वत अस्पतालमा थप १ जना बुद्धको मृत्यु भएकोछ । संक्रमण पुष्टि भएका पर्वत जिल्ला जलजला गाउँपालिका वडा ८ नाङलीवाङ बस्ने एक बृद्ध मृत्यु भएको छ ।

पर्वत अस्पतालका निमिक्त सुपरीटेण्डन डा. ढुण्डिराज पौडेलका अनुसार अस्पतालमा उपचाररत ८४ बर्षिय बृद्धको मृत्यु भएको हो ।

मृतकको अस्पतालमा विगत ४ दिन देखि उपचार भइरहेको थियो । योसंगै पर्वतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।