कोरोनाको नयाँ भेरिएन्टबाट पर्वतमा हालसम्म ६३ संक्रमीत, २ को मृत्यु

२० वैशाख, पर्वत । कोभिड १९ को नयाँ भेरिएन्टबाट पर्वतमा हालसम्म ६३ जना संक्रमीत भएका छन् । स्वास्थ्य कार्यालय पर्वतका अनुसार भाइरसबाट संक्रमीत हुनको संख्या ६३ पुगेको छ भने नयाँ भेरिएन्टबाट २ जनाको मुत्यू भएको छ ।

भाइरस परिक्षण अहिले जिल्ला भित्रै हुँदै आएको छ । स्वास्थ्य कार्यालयको सुचना अधिकृत प्रविन भण्डारीका अनुसार अहिले पालिकाहरुमा पनि कोरोनाको परिक्षण शुरु भएको छ ।

पैयू, महाशिला र फलेवासमा परिक्षण कार्य शुरु भएको छ भने कुश्मा मोदी र जलजला परिक्षण कार्य शुरु गर्दैछन् । एन्टिजिन मार्फत परिक्षण भएका १ सय ४५ मध्ये ५७ जनामा पोजेटिभ देखिएको र पिसिआर प्रविधि मार्फत गरिएको परिक्षणमा ६ जना संक्रमीत फेला परेको भण्डारीले जानकारी दिए ।

नयाँ भाइरसबाट दुई जना बृद्धाको मृत्यु समेत भएको छ । यस अघि कोभिड १९ भाइरसका कारण पर्वतमा ३ जनाको मृत्यु भएको थियो । योसगै कुल मृत्यु ५ पुगेको छ । नयाँ भाइरसबाट संक्रमीत हुनेमा २० देखि ५० बर्ष उमेर समूहका मानिस धेरै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।