सम्बृद्ध हुँदैछ पर्वत : असारसम्म थप ३३ किलोमिटर ग्रामीण सडक कालोपत्रे हुँदै

१२ वैशाख, पर्वत । जिल्लाको सातै स्थानिय तहहरुको केन्द्र तथा मुख्य ग्रामिण सडकहरु बाह्ै महिना सञ्चालन हुनेगरी कालोपत्रे गर्ने काम अघि बढाईएको छ । देश संघियतामा गएसँगै बनेका तीनवटै सरकारले पालिका जोड्ने सडक र बिभिन्न मुख्य–मुख्य ग्रामिण सडकहरुलाई प्रथामिकतामा राखेर काम अघि बढाएपछि यस्तो अबस्था सृजना भएको हो । संघिय र प्रदेश सरकारले बजेट बिनियोजन गरेर सडक स्तरउन्नति र कालोपत्रे गर्ने कामलाई प्रथामिकता दिएका हुन् । पुर्वाधार बिकास कार्यलय पर्वतका प्रमुख कृष्ण आचार्यले संघिय र प्रदेश सरकारले पर्वतमा रहेका मुख्य–मुख्य ग्रामिण सडक बाह्ै महिना सञ्चालनमा आउने गरी स्तरउन्नति र कालोपत्रे गर्ने काम अघि बढाएको बताए ।

आचार्यले जिल्लाको कुश्मा नगरपालिका, फलेवास नगरपालिका, जलजला गाउँपालिका, मोदी गाउँपालिका, बिहादी गाउँपालिका, पैयँु गाउँपालिका र महाशिला गाउँपालिका जोड्ने मुख्य सडकहरुलाई बाह्ै महिना सञ्चालनमा आउने र कालोपत्रे गर्ने काम अघि बढीरहेको बताए ।

कार्यलय प्रमुख आचार्यका अनुसार जिल्लामा प्रदेश सरकारको सहयोगमा साना ठुला गरी आठ वटा सडक योजनाहरुको काम अघि बढेको छ । जसमा दोबिल्ला फलेवास सडक ४ करोडको लगानीमा कालोपत्रेको काम भईरहेको छ । अस्पताल चोक–बञ्जीजम्प–हाइवे सडक ३४ लाखको लागतमा साढे १ किलोमिटर कालोपत्रेको काम सम्पन्न भईसकेको छ । त्यस्तै १ करोड ५० लाखको लागतमा हिलेखोला कार्किनेटा–खलडाडाँ फलेबास–जैमुनीघाट सडक खण्डको साढे ५ किलोमिटर सडक निमार्णको साढे ३ किलोमिटर कालोपत्रेको काम सम्पन्न भईसकेको छ । ५ करोडको लागतमा मिलनचोक सल्यान– घाहाखेत धारापानी– ठोटनेरी सडकको १० किलोमिटर कालोपत्रे गर्ने लक्ष्य भए पनि हाल पर्खाल,नाली निमार्णको काम भईरहेको कार्यलयले जनएको छ । १२ किलोमिटर कालोपत्रेको काम सम्पन्न भईसकेको चिसापानि हातेमालो–त्रिबेणी वहाकी भञ्ज्याङ्ग–पोखराचौर खहरेखोला सडकको बजेट झण्डै ९ करोड रहेको छ । जसको १३ किलोमिटर सडक कालोपत्रे हुनेछ भने १ किलोमिटर सडकको कालोपत्रे काम बाँकि रहेको छ ।

त्यस्तै कुश्मा दुर्लुङ्ग–बाजुङ्ग लेस्पार–सालीजा नागी सडक १ करोड ५० लाखको लागतमा यसै आवमा ५ किलोमिटर कालोपत्रेको काम सम्पन्न हुने चरणमा रहेको छ । ५० लाखको लागतमा मोदीवेनी कुश्मा सडकखण्डको १ किलोमिटर सडक कालोपत्रेको काम सम्पन्न हुने चरणमा रहेको छ । त्यस्तै डिमुबा रातामाटा–स्यानिपोखरी ठुलीपोखरी–च्यायपानी ठाँटी सडक २ करोड ५० लाखको लागतमा ७ किलोमिटर सडक कालोपत्रेको काम रहेको भएपनि हाल टेवा पर्खाल, नाली निमार्णको काम अगाडि बढेको कार्यलय प्रमुख आचार्यले जानकारी दिए ।

त्यसैगरी संघिय सरकारको शसर्त अनुदान अन्तगर्त जिल्लाका तिन मुख्य ग्रामिण सडक योजनाको काम अघि बढेको पुर्वाधार बिकास कार्यलयका सुचना अधिकारी गौरवदास बैरागीले जानकारी दिए । जसअन्तगर्त डिमुवा–राम्जा–चित्रे सडक ३ करोड ७५ लाखको लागतमा काम भईरहेको छ । जुन सडकको ४ किलोमिटर कालोपत्रेको काम सम्पन्न भईसकेको छ ।

त्यस्तै ४ करोड ३३ लाखको लागतमा सिल्मी–ठुलिपोखरी–कार्किनेटा सडकको कालोपत्रेको काम भईरहेको छ । जुन सडकखण्डको साढे ४ किलोमिटर कालोपत्रेको काम सम्पन्न भईसकेको कार्यलयले जानकारी गराएको छ । त्यस्तै घुम्ती लाम्पाटा–हिमालयमाबी खुर्कोट–पाङ नुवार खानियाघाट सडक २ करोड १० लाखको लागतमा ३ सय मिटर कालोपत्रेको काम सम्पन्न भईसकेको छ । जसको ७० प्रतिशत काम सम्पन्न भईसकेको पनि कार्यलयले जानकारी गराएको हो । कार्यलय प्रमुख आचार्यका अनुसार यसै आव भित्रै कुल ३३ किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्ने लक्ष्यका साथ कार्यलयले काम अघि बढाएको छ ।