पर्वतको जलजलामा माधव समूहको अगुवा कार्यकर्ता भेला : १२ सहभागी मध्ये ६ जना अतिथि

९ वैशाख, पर्वत । नेकपा एमाले फुटको संघारमा पुग्नै लाग्दा माधव समूहले देश भर समानान्तर कमिटिहरु निर्माण गरीरहेका छ । समानान्तर कमिटि निर्माणको अभियान प्रारम्भ गरेको माधव समूह पर्वतमा भने निकै कमजोर देखिएको छ ।

सो समूहले पाटी फुटाएर नयाँ पाटी बनाउने गरी निर्माण गरेका समानान्तर कमिटिहरुमा कार्यकर्ताको कुनै आकर्षण देखिएको छैन् । यस अघि एमाले फुटाएर मालेमा लागेका केहि नेताहरुको समेत पाटी फुटाउने अभियानमा सग्लन्नता देखिएकाले कार्यकर्ताहरु मुल प्रवाहको एमाले मै बस्ने देखिएको छ । सो समूहले विहिवार मात्रै जिल्लामै पहिलो पल्ट जलजला गाउँपालिकामा अगुवा कार्यकर्ता भेला गरेको छ ।

माधव समूहका जिल्ला अध्यक्ष भक्त कुँवरको अगुवाईमा भएको भेलामा जिल्लाबाट सहभागी ६ जना अतिथि सहित १२ जनाको सहभागीता देखिएको छ । भेलामा नेताहरु अनुशासन आयोगका केन्द्रिय सदस्य गणेश पौडेल, एमालेका पूर्व सचिव मोति पौडेल पूर्व उप सचिव उदय सुवेदी, पूर्व क्षेत्रीय अध्यक्ष शान्त पौडेल सहभागी थिए । भेलामा पालिका भरीका जम्मा ६ जना कार्यकर्ता माझ सो समूहले गाउँपालिका स्तरीय कमिटि निर्माण गरेको जनाएको छ ।

समानान्तर कमिटि निर्माण गर्ने अभियान पाटीलाई औपचारिक रुपमा विभाजन गर्ने उद्देश्यले गरिएका कारण एमालेका कार्यकर्ताहरुको सहभागीता निकै कम देखिएको छ । एमाले पर्वतका सचिवालय सदस्य तथा युवा संघका केन्द्रिय सचिव बिमल लामिछानेले समानान्तर कमिटि निर्माण गर्ने अभियानमा सहभागी जोकोहिलाई पाटीले तत्काल कारबाही गर्नुपर्ने बताउँछन् । एकताबद्ध एमाले देख्न चाहने आम कार्यकर्ताको मनोभावनामा चोट पुराउँदै पाटीलाई विभाजनको दिसामा लैजाने जो सवैलाई पाटीले गम्भिर ढङगबाट कारबाही गर्नुपर्ने नेता लामिाछानेको भनाई छ ।

माधव समूहले केहि समय अघि जिल्लामा अध्यक्ष भक्त कुँवर र सचिवमा पदमपाणी शर्मालाई समानान्तर कमिटिमा चयन गरेको घोषणा गरेको थियो ।