७ बर्षिया बालिका करणी गर्ने फलेवास लिमिठानाका ५८ बर्षिया पाण्डे पक्राउ

५ वैशाख, पर्वत । जिल्लाको फलेवास नगरपालिका वडा न ७ बस्ने ५८ बर्षिया दुर्गाराज पाण्डे पक्राउ परेका छन् । स्थानीय ७ बर्षकी एक बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पाण्डे पक्राउ परेका हुन् । पाण्डेले घर नजिकै की ७ बर्षिया बालिकालाई बालिकाकै गोठमा लगि ललाई फकाई जवरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रहरीका अनुसार वैशाख २ गते बेलुकी अन्दाजी ६ बजेको समयमा पाण्डेले बालिकालाई बलात्कार गरेका थिए । बलात्कार गरी भाग्दै गरेको अवस्थामा प्रहरीले वैशाख ३ गते पाण्डेलाई पक्राउ गरेको थियो ।

पाण्डेलाई प्रहरीले फलेवास नगरपालिका वडा न ७ लामायखोलाबाट पक्राउ गरेको जनाएको छ । अभियुक्त पाण्डेलाई प्रहरीले प्रारम्भिक अनुसन्धान गरी जवरजस्ती करणी शीर्षकमा जिल्ला अदालतमा मुद्धा दर्ता गरीसकेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।