पर्वतको दक्षिणी यात्रा थप सहज, मोदीवेणीमा बन्यो कुश्मा फलेवास जोड्ने मोदीखोला मोटरेवल पुल

५ वैशाख, पर्वत । जिल्लाको दक्षिणी क्षेत्रमा सवारी साधनहरु सञ्चालन अहिले बाहै महिना हुने गरेको छ । पछिल्लो ४ बर्ष एता, दक्षिणी क्षेत्रका सवै सडकहरुमा बर्षातमा पनि सवारी साधनहरु चल्न थालेका छन् । जिल्ला सदरमुकाम कुश्मा बजार देखि दक्षिणी क्षेत्रमा नियमित रुपमा सञ्चालन हुने सवारी साधनहरु कुश्मा देखि दोविल्ला हुँदै साइकलचोक पुगेर दक्षिणी तर्फको यात्रामा पुग्नुपर्ने झण्झड अव कम हुने भएको छ ।

कालीगण्डकी लोकमार्ग अन्तर्गत कुश्मा नगरपालिका वडा न ५ मोदीवेणी देखि फलेवासको मुडिकुवा जोड्ने पुलको निर्माण कार्य सम्पन्न भएको छ । विगत ३ बर्ष देखि निर्माणधिन उक्त पुलको निर्माण कार्य सम्पन्न भएसंगै दक्षिणी पर्वतको दुरी अव छोटो भएको छ । कुश्माको बडागाउँ देखि झण्डै ५ किलोमिटरको यात्रा गर्दा कुश्मा देखि मुडिकुवा पुग्न सकिने भएको छ ।

यस अघि मुडिकुवा पुग्न सवारी साधनलाई झण्डै १५ किलोमिटरको यात्रा गर्नपर्ने बाध्यता थियो । दक्षिणी क्षेत्रको यात्राका लागि झण्डै १० किलोमिटर दुरी छोटो भएको छ । मोदी खोलामा निर्माण शुरु भएको मोटरेवल पुलको निर्माण कार्य सम्पन्न भएको छ भने, दुई तर्फी सडकको ट्रयाक् पनि खुलेको छ ।

कुश्माको बडागाउँ देखि मोदीवेणी पुग्ने सडक गण्डकी प्रदेश सरकारले कालोपत्रे गरीरहेको छ भने मुडिकुवा देखि मोदीवेणीसम्म आइपुग्ने सडक कालीगण्डकी लोकमार्ग आयोजनाबाट निर्माण भइरहेको । मुडिकुवा खण्डको सडक कच्चि भएकाले स्तरोउन्नतीको आवश्यकता छ । उक्त सडकमा अहिले पनि सवारी साधनहरु सञ्चालन गर्न सकिने गरी सडकको ट्रयाक्क खुल्ला भइसकेको कालीगण्डकी करीडोर आयोजना कार्यालयले जनाएको छ ।