प्रेस चौतारी पर्वतद्धारा पत्रकार महासंघमा निर्वाचित सदस्यहरुलाई बधाई तथा सम्मान

१ वैशाख, पर्वत । नेपाल पत्रकार महासंघ पर्वतमा निर्वाचित प्रेस चौतारी नेपालका सदस्यहरुलाई प्रेस चौतारीले बधाई तथा सम्मान गरेको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा पर्वतले चौतारी सम्बद्ध सदस्यहरुलाई बधाई ज्ञापन तथा सम्मान गरेको हो ।

पत्रकार महासंघ पर्वतको छैटौ जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष सन्तोष थापा, कोषाध्यक्ष डिलबहादुर विक र सह सचिव दिपेश विकलाई चौतारीले सम्मान गरेको छ । यसैगरी जिल्ला अधिवेशनमा सदस्यहरुमा निर्वाचित सुवास लामिछाने, राजन पौडेल, गीताकुमारी शर्मा, शान्ति सुवेदी, विकासराज पौडेल र लक्षमण विकलाई चौतारीेले बधाई ज्ञापन गरेको हो ।

प्रेस चौतारी पर्वतको मंगलबार सम्पन्न कार्य समितिको वैठकमा उनीहरुलाई बधाई ज्ञापन गरिएको हो । छैटोै जिल्ला अधिवेशनबाट केन्द्रिय परिषद सदस्यमा गणेश पौडेल तथा प्रदेश परिषद सदस्यमा गणेश गिरी, लक्षमण सापकोटा र कृष्ण अखेली निर्विरोध निर्वाचित भएका थिए । चौतारी पर्वतका अध्यक्ष गणेश गिरीको अध्यक्षतामा बसेको वैठकले पत्रकार महासंघ पर्वतको छैटौ जिल्ला अधिवेशनका समिक्षा समेत गरेको छ ।

निर्वाचनमा प्रेस चौतारीको नेतृत्वमा भएको गठबन्धनका अन्य विजेता सदस्य तथा पदाधिकारीहरुलाई समेत बधाई ज्ञापन गरिएको अध्यक्ष गिरीले जानकारी दिए । वैठकले चौतारीलाई नेतृत्व दिएर सहकार्य गर्ने सवै संगठनहरु र मतदान गर्ने सदस्यहरुलाई धन्यवाद दिएको छ । महासंघको केन्द्र र संघको निर्वाचनमा समेत पर्वतबाट सम्मानजनक मत प्रदान गरिएको विश्लेषण गर्दै केन्द्र र संघमा निर्वाचित सदस्यहरुलाइ समेत बधाई ज्ञापन गरिएको अध्यक्ष गिरीले जानकारी दिए ।

जिल्ला अधिवेशनको सन्दर्भमा साझा बाम गठबन्धनमा सहकार्य गर्ने संगठनहरु प्रति धन्यवाद दिदै चौतारीले गठबन्धनका विरुद्धमा अवफाह फैलाउने गरी गरिएका मक्तब्यबाजी प्रति गम्भिर आपत्ति समेत जनाएको छ । चौतारीले महासंघलाई साझा थलोको रुपमा श्रमजीविको पक्षमा काम गर्ने कार्यमा लाग्न सवै सदस्यहरुलाई निर्देशन दिएको छ । वैठकमा प्रेस चौतारी नेपालका पूर्व बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, संस्थापक अध्यक्ष भोलानाथ शर्मा, पूर्व अध्यक्ष गणेश पौडेल, लक्ष्मण सापकोटा लगाएतको उपस्थिती रहेको थियो । वैठकको सञ्चालन सचिव सुवास लामिछानेले गरेका थिए ।