अनेरास्वीयू पर्वतले गति लियो : जिल्ला सम्मेलन आयोजक समितिको संयोजकमा भुषाल चयन

३१ चैत, पर्वत । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनिएन (अनेरास्ववियू) पर्वतको जिल्ला सम्लेलन आयोजक कमिटिमा नवराज भुषाल चयन भएका छन् । अखिलको जिल्ला भेलाबाट भुषाल जिल्ला संयोजकमा चयन भएका हुन् । नेकपा एमाले निकट अनेरास्ववियू पर्वतको भेलामा भुषालको संयोजकत्वमा ४९ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटि चयन भएको हो ।

भेलामा एमालेका प्रदेश कमिटि सदस्य मेघनाथ भुषाल, पाटी जिल्ला उप सचिव गोविन्द पहाडी, जिल्ला कमिटि सदस्य शिव पौडेल, राष्ट्रिय युवा संघका सचिव तथा जिल्ला कमिटि सदस्य बिमल लामिछाने, अखिल नेता खेम मरासिनी लगाएतले भेलामा शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । भेलाबाट नयाँ कमिटि चयनभएसंगै जिल्ला सम्मेलन आयोजक कमिटिले जिल्ला भरका विद्यालयहरुमा संगठन सुद्धिढिकरण अभियान सञ्चालन गरेको छ ।

संयोजक भुषालका अनुसार सवै वडाहरुमा प्रारम्भिक कमिटिको गठन भए पश्चात जिल्ला अधिवेशनको आयोजना गरी नयाँ कमिटि चयन प्रक्रिया अघि बढाइने जानकारी दिए ।