पत्रकार महासंघ पर्वतको नेतृत्व सर्वसहमत चयन गर्ने सहमति

१९ चैत, पर्वत । नेपाल पत्रकार महासंघ जिल्ला शाख पर्वतको आगामी नेतृत्व सर्वसहमत चयनको प्रक्रिया शुरु भएकोछ । पत्रकार महासंघ पर्वतको आयोजना भएको संगठन प्रमुखहरुको छलफल कार्यक्रममा सर्वसहमत नेतृत्व चयनको अधिकतम प्रयास गर्ने सहमति भएको हो । विगतका कार्यकालहरुमा पनि सर्वसहमत साझा नेतृत्व चयन हुँद आएको पत्रकार महासंघ पर्वतमा यस पटक पनि सर्वसहमत नेतृत्व चयनको लागि वार्ता तथा सम्बाद शुरु भएको प्रेस चौतारी पर्वतका अध्यक्ष तथा पत्रकार महासंघ पर्वतका सचिव गणेश गिरीले जानकारी दिए ।

सर्वसहमत र साझा नेतृत्व चयनका लायि पत्रकार महासंघको आयोजनामा क्रियाशिल संगठनका प्रमुखहरुको वैठक सम्पन्न भएको छ । वैठकले आगामी नेतृत्वलाई समावेशी बनाउने र सर्वसहमत नेतृत्व चयनको प्रक्रिया अघि बढाउने सहमति भएको प्रेस युनिएन पर्वतकी अध्यक्ष माया अधिकारीले जानकारी दिईन । वैठकमा प्रेस चौतारीको तर्फबाट गणेश गिरी, प्रेस युनिएको तर्फबाट माया अधिकारी, क्रान्तिकारी पत्रकार महासंघको तर्फबाट वैगुण्ठ गिरी सहभागी थिए ।

वैठकमा महासंघका पूर्व अध्यक्षहरु भोलानाथ शर्मा, ओमप्रसाद घायल र दुर्गाप्रसाद शर्माले सर्वसहमत नेतृत्व चयन गर्ने विगत देखिको परम्परालाई निरन्तरता दिन सुझाब दिएका थिए । आलोपालो प्रणाली मार्फत सर्वसहमत नेतृत्व चयन गर्दा महासंघ साझा बन्ने र महासंघको गरिमा पनि बढ्ने भएकाले सर्वसहमत नेतृत्व चयनको लागि संगठनका वार्ता समितिहरुले तत्काल वार्ता प्रक्रिया अघि बढाउनुपर्ने पूर्व अध्यक्ष ओम घायलले बताए । अर्का पूर्व अध्यक्ष दुर्गाप्रसाद शर्माले विगत देखिको सहमति र एकतालाई यस पटक पनि कायम गर्न सके महासंघको नेतृत्व सर्वमान्य हुने धारणा राखेका थिए ।