पर्वतमा एमालेको पुर्नजागरण : महाशिलामा जनप्रतिधि र अगुवा कार्यकर्ता वीच अन्तरक्रिया

१५ चैत, पर्वत । पुर्नस्थापीत नेकपा एमालेको पुर्नजागरण अभियान शुरु भएको छ । पाटीले पहिलो चरणमा जनप्रतिधि र अगुवा कार्यकर्ताहरुका वीचमा अन्तरक्रिया कार्यक्रमको शुरुवात गरेको छ । अभियान अन्तर्गत जिल्लाको महाशिलामा पालिका स्तरीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । पालिकाका एमाले अगुवा कार्यकर्ताहरुका वीचमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै एमाले पर्वतका अध्यक्ष तथा सांसद पदम गिरीले पाटी गतिविधिहरुमा सहभागी नहुनेहरुलाई पाटीले कारबाही गर्ने चेतावनी दिए ।

उनले पाटी र पाटीको नेतृत्वको विरुद्धमा गुटबन्दी गर्दै अर्को पाटीसंग साँठगाँठ गर्नेहरुलाई पाटीले फुलमालाले स्वागत नगर्ने बताए । पाटी एकता बचाउन सवै लागिपर्न अनुरोध गर्दै उनले पाटीको अहित हुने गतिविधिमा सहभागी जो सुकै भए पनि पाटीको सदस्य भइरहन नसक्ने बताए । उनले आत्मालोचना र समिक्षा गरेर पाटीको काममा फर्कन पाटी छोड्ने मनस्थितीमा पुगेका नेता कार्यकर्तालाई आग्रह गर्दै टुट र फुटले कम्युनिष्ट आन्दोलन सफल नहुने बताए ।

उनले पाटीका गतिविधिहरुहमा सहभागी नभएर पर्ख र हेरको रणनीतिमा बसेका सवै नेता कार्यकर्ताहरु अन्ततः एमालेकै छहारीमा अट्नुपर्ने समेत धारणा राखे । कार्यक्रममा महाशिला गाउँँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले पाटीको भविश्य अव निधो भएर एमाले पुर्नस्थापीत भएका कारण सवै नेताहरु यति पाटीमा आवद्ध हुन आग्रह गरे ।

उनले टुटफुटले कसैको भविश्य उज्जल नहुने तर्क गरे । वर्तमान ३ तहका सरकारले गरेका ऐतिहािसक विकास निर्माणका कामहरुलाई लिएर जनता माझ जाँदा एमाले हिजोको भन्दा थप बलियो हुने अध्यक्ष पौडेलको भनाइ छ । कार्यक्रममा एमाले नेता तथा भूमि सुधार आयोगका पर्वत जिल्ला अध्यक्ष देवेन्द्र पाण्डेले जुन ब्यक्तिलाई प्रधानमन्त्रीको रुपमा अघि सारेर जनमत प्राप्त भएको हो सो ब्यक्तिलाई प्रधानमन्त्रीबाट हटाउने खेल पाटी भित्र खेलिनु गैर राजनैतिक चरित्र भएको टिप्पणी गरे । उनले जनता माझ प्रधानमन्त्रीको उमेदवार शुरुमै घोषणा गरेका कारण एमालेले ठूलो जनमत प्राप्त गरेको समेत बताए ।

कार्यक्रममा एमाले पर्वतका उप सचिव गोविन्द पहाडीले पाटीलाई संकट परेको बेलामा साथ दिने नेता कार्यकर्ताको पाटीले सहि मूल्यांकन गर्नुपर्ने धारणा राखे । उनले अरु पाटीसंग गएर साठगाँठ गर्नेहरुलाई बेलैमा पाटीले कारबाही नगर्ने एमालेको भविश्य थप खतरामा पर्ने टिप्पणी गरे । कार्यक्रममा एमाले नेता मित्रलाल बस्यालले पाटी एकता जोगाउने दायित्व पाटी छोड्न समेत तयार भएकाहरु हुनुपर्ने धारणा राखे ।

उनले आफ्नो पाटी फुटाएर अरुसंग मिल्ने सपना देख्नु मुर्खता हुने धारणा राखे । एमालेका अर्का नेता विष्णुराम विकले एमाले भित्र एकताबद्ध कायम गरेर माओवादीका विचार मिल्ने कार्यकर्ताहरु पनि एमालेकै विचारमा सम्हाहित हुनुपर्ने तर्क गरे । उनले ठूलो कम्युनिष्ट पाटी र कम्युनिष्ट आन्दोलनको प्रमुख घटक एमाले नै रहेको जिकिर गरे । कार्यक्रममा एमालेका अगुवा कार्यकर्ताहरुले वर्तमान सरकारका प्रधानमन्त्रीले राष्ट्र र राष्ट्रियताका सन्दर्भमा लिएका अडान र विकास निर्माणको जग युगौ युगसम्म जिवित रहने तर्क गरेका थिए ।