कोरोना दोस्रो चरणको खोप : पर्वतमा पत्रकार र कर्मचारीले लगाए खोप

२ फागुन, पर्वत । कोरोना विरुद्धको खोप लगाउने अभियान दोस्रो चरणमा शुरु भएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मीले लगाएको उक्त खोप दोस्रो चरणमा पत्रकार र

कर्मचारीको लागि लगाइएदैछ । आइतबार पर्वत सदरमुकाम कुश्मा बजार स्थित पर्वत अस्पतालमा जिल्लाका क्रियाशिल पत्रकार र कर्मचारीहरुले खोप लगाएका छन् । सरकारले बनाएको प्रोटोगल अनुसार धेरै जनाको सम्पर्कमा रहने पत्रकार तथा कर्मचारीहरुले खोप लगाएका हुन् ।

स्वास्थ्य निर्देशनालयका अनुसार आज मात्रै पर्वत २ सय ६१ जनाले कोरोनाको खोप लगाएका छन् । जसमध्ये १२ जना पत्रकार रहेका छन् ।

अन्य वैंक तथा वित्तिय संस्थाका कर्मचारी, सुरक्षाकर्मी तथा सरकारी कार्यालयका कर्मचारीले खोप लगाएका छन् । पर्वतमा दोस्रो चरणमा कुल १५ सय ६२ जनालाई खोप लगाउने लक्ष्य लिइएको छ ।