‘संवैधानिक नियुक्तीमा चित्त नबुझे म अदालत जाने थिइन’–अध्यक्ष तिमिल्सीना

२६ माघ, पर्वत । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले संवैधानिक आयोगको नियुक्तीमा चित्त बुझेन भनेर अदालत जान नहुने बताएका छन् । पर्वतको तिलाहारमा आयोजीत मोटरेवल पुलको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सीनाले आयोगको वैठकमा गएर आफ्ना कुरा राख्नु पर्ने भन्दै अरु कोहि ब्यक्तिको इसारामा अदालत आफू नजाने स्पष्ट पारेका हुन् ।

नियुक्ती प्रकरण पछि सभामुख अग्नि सापकोटा रिट दायर गर्न अदालत गएको विषयलाई लक्षित गर्दै अध्यक्ष तिमिल्सीनाले आफू वैठकका गएर आफ्ना कुरा राख्ने अभ्यासमा लागेको उदाहरण दिए । उनले पाटीबाट राजीनामा दिएको ब्यक्ति पार्टीका नेताहरुको इसारामा चल्न नहुने भन्दै वैठक नै आफ्ना विचार राख्ने थलो रहेको स्पष्ट पारे । आयोगका नियुक्तीको विषय अदालतसम्म पुगेको कुरा तर्फ लक्षित गर्दै उनले सभामुख र अध्यक्ष पद साझा पद भएकाले कुनै पाटी विशेषको लागि प्रयोग हुन नहुने समेत अध्यक्ष तिमिल्सीनाले बताए ।

सरकारले निर्वाचनको मिति घोषणा गरेको अवस्थामा सरकारको ध्यान त्यस तर्फ लक्षित हुनुपर्ने भन्दै संसद विघटनको अन्तिम फैसला भने अदालत बाट नै हुने टिप्पणी गरे । उनले केपी ओली सरकारले सम्बृद्धिको खाका कोर्न शुरु गरेको उल्लेख गर्दै यस्तो अवस्थामा राजनैतिक तरलता आउँनु दुःखत रहेको समेत बताए ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेवाङले सरकारले घोषाण गरेको निर्वाचन तोकिएको मिति मै हुने दावी गरे । उनले निर्वाचनको मिति दायाँवायाँ नहुने भन्दै सवैलाई निर्वाचनमा लाग्न अनुरोध गरे ।