राधा माधव समितिको अभिमुखीकरण तथा भेला कार्यक्रम सम्पन्न

२४ माघ, पर्वत । राधा माधव समिति पर्वतको भेला तथा सत्संग अभिमुखीकरण कार्यक्रम कुश्मामा सम्पन्न भएको छ । राधा माधव समिति नेपालका सहजर्कताहरु दिपक कडेल, विष्णु पुरी, नारायण अधिकारी तथा चिनु पोख्रेलको सहजीकरणमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
अभिमुखीकरण कार्यक्रममा जगतगुरु श्री कृपालु जी महाराजका नेपाली प्रचारक स्वामी हरीदाज जी द्धारा प्रदान गरिएका उपदेशहरुको बारेमा साधकहरुलाई जानकारी गराइएको थियो ।

कार्यक्रममा आत्मअनुशासन, समय ब्यवस्थापन, पुनरावृत्ति, क्रोध ब्यवस्थापन, संसार र भगवान राज्यको कामको सन्तुलन जस्ता महत्वपूर्ण विषय वस्तुहरुमा अभिमुखीकरण भएको थियो । कार्यक्रमको अध्यक्षता राधा माधव समितिका पर्वतका संयोजक इन्द्रमान खत्री गरेका थिए भने सहजीकरण संस्थाको तर्फबाट गौरबदास वैरागीले र शारदा शर्माले गरेकी थिइन ।

कार्यक्रममा धन्यवाद मन्तब्य रिता केसी भण्डारीले गरेकी थिइन । भेलाले सुनिल भुषालको संयोजकत्वमा नयाँ कार्य समिति चयन गरेको छ । सह संयोजकमा मानसिँह भण्डारी सचिवमा गौरबदास वैगरागी सह सचिवमा शारदा शर्मा कोषाध्यक्षमा रिता केसी भण्डारी, सह कोषाध्यक्षमा सोनी श्रेष्ठ रहेका छन । यसैगरी सदस्यहरुमा अजिता शर्मा, पुष्या पौडेल, रमा पौडेल , सिता पाण्डे र शारदा पौडेल, दुर्गा प्रसाद शर्मा र थानेश्वर शर्मा रहेका छन् ।