पर्वतको खुर्कोटमा रहेको विद्युत सवस्टेशनको उद्घाटन प्रधानमन्त्रीले ओलीले जुम भिडियो सफट्वेर मार्फत गर्ने

२२ माघ, पर्वत । राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण लाइन करिडोर आयोजनाअन्तर्गत २२० केभी क्षमताको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानासम्मको सवस्टेसनको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओली जुम भिडियो सप्टवयर मार्फत गर्ने भएका छन् ।

देशको समसामयीक राजनैतिक अवस्थाका कारण आज पर्वत आउन नसकेका ओलीले अनलाईन मार्फत नै विद्युत प्रसारण लाइनको उद्घाटन गर्न लागेका हुन् । यस अघि उनी पर्वत आउने कार्यक्रम तय भएको थियोृ ।
कालीगण्डकी प्रसारण करिडोरको खुर्कोट–दाना खण्डको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्न लागेका हुन् ।

सवस्टेशनअन्तर्गतको लाइन निर्माणका सबै काम सम्पन्न भएपछि परीक्षण भइरहेको र हाल सम्मका विभिन्न चरणका परीक्षण पनि सफल भएपछि प्रधामन्त्री ओलीले उक्त योजनाको उद्घाटन गर्ने भएका हुन् ।

पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को दानामा रहेको सव स्टेशनमा विद्यत प्रसारणका लागि पर्वतको तल्लो मोदी १ सय ३२ केभी प्रसारण लाइनमा प्राविधिक जाँचलगायतका सम्पन्न भएको हो ।