“लोडसेडिङ हटाउँन्छु भन्दा मलाई उडाएका थिए”-प्रधानमन्त्री अोलि

२२ माघ, पर्वत । प्रधानमन्त्री केपि शर्मा अोलिले आफू पहिलो पटक प्रधानमन्त्री हुदा लोड सेडिङ हटाउन्छु भनेको स्मरण गरेका छन् । प्रधानमन्त्री अोलिले लोड सेडिङ हटाउन्छु भन्दा आफूलाई उडाउनेहरु अहिले लोडसेडिङ मुक्त देश हुँदा दङ्ग परेको बताएका हुन् ।

कुश्मा दाना २२० केभिए प्रसारण करिडोरको उद्घाटन गर्दै प्रधानमन्त्री अोलिले देशमा उर्जा उत्पादन बढिरहेको बताए । उनले आफु प्रधानमन्त्री हुँदा तिहारमा झिलिमिलि बनाउने घोषणा गरे बमोजिम अर्को बर्षको तिहारमा झिलिमिलि बनाएको स्मरण गराए ।

केहि बर्षमा बिजुलि बेच्ने गरी देशमा बिजुलि उत्पादन हुने कुरा उल्लेख गर्दै अोलिले अहिले पनि बर्षातको समयमा देशलाई आबश्यक पर्ने बिजुलि उत्पादन भईरहेको जानकारी गराए । हिउदमा केहि समय बिजुली खरिद गर्न परे पनि अरु समयका लागि बिद्दुत खरिद गर्न नपर्ने उनले जानकारी गराए ।
कार्यक्रममा उर्जा मन्त्री टोपबहादुर रायमाझी, पूर्व सांसद पदम गिरी, गण्डकी प्रदेशका मन्त्री विकास लम्साल, संविधान सभा सदस्य कल्पना चापागाई प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मी लगाएतले बोलेका थिए ।