पर्वतमा बन्दको प्रतिकार गर्दै युवाहरुद्दारा मोटरसाइकल र्याली

२२ माघ, पर्वत । प्रचण्ड माधब समूहले गरेको बन्दको देश भर प्रतिकार भएको छ । देशका अन्य भागमा जस्तै पर्वतको कुश्मामा पनि युवाहरुले बन्दको प्रतिकार गर्दै मोटरसाइकल जुलुस निकालेका छन् ।

युवा संघको नेतृत्वमा निस्केको जुलुसले बजार परिक्रमा गरेको थियो । झण्डै ३ दर्जन भन्दा बढि मोटरसाइकल सहभागि जुलुस कुश्मा बजार परिक्रमा गरेपछि कुश्मा २ खुर्कोट पुगेको थियो ।

कुश्मा बजारमा भने बन्दको आंशिक प्रभाब परेको छ ।

आजै प्रधानमन्त्री केपि ओलिले दाना खुर्कोट प्रसारण करिडोर आयोजनाको अनलाइन मार्फत शुभारम्भ गरे । कार्यक्रममा उर्जा मन्त्री टोप बहादुर रायमाझि समेत सहभागी थिए ।