पर्वतको नेविसंघ जिल्ला कमिटि विघटन

२२ माघ, पर्वत । नेपाल विद्यार्थी संघ पर्वत विघटन भएको छ । अध्यक्ष मिलन सुवेदीले नेविसंघलाई औपचािरक रुपमा विघटन गरेका हुन् । माघ १९ गते सुवेदीले १२ औं जिल्ला अधिवेशनबाट विस्तार गरिएको जिल्ला कार्य समितिलाई विघटन गरेका हुन् ।

सुवेदीले समिति रहेका अकिांश पदाधिकारी एवम् सदस्यहरु जिम्मेवारी प्रति लगनशिल र कर्तब्यबोध नभएको भन्दै विघटन गरेको जनाएका छन् । उनले नेपाली कांग्रेसका जिल्ला स्तरीय कार्यक्रमहरुमा नेविसंघको उपस्थिती निकै न्यून भएको भन्दै आफू अध्यक्ष रहेको कमिटि नै विघटन गरेका हुन् ।

सृुवेदीले जिल्ला कमिटिलाई आवश्यकता अनुसार विस्तार गरिने समेत उल्लेख गरेका छन् ।