नेकपा पर्वतको जिल्ला भेलाको निश्कर्ष : ‘प्रचण्डको नजर पाटी काममा भन्दा बालुवाटारमा’

२६ पुस, पर्वत । नेपाल कम्युनिष्ट पाटी (नेकपा) पर्वतको जिल्ला भेला सम्पन्न भएको छ । पवर््तको सदरमुकाम कुश्मा बजारमा आयोजीत भेलाले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ध्यान पाटी काममा भन्दा बालुवाटारमा परेका कारण पाटी भित्र समस्या सृजना भएको निश्कर्ष निकालिएको छ । जिल्ला भेला पछि १० बुँदे घोषणा पत्र जारी गर्दै भेलाले यस्तो निश्कर्ष निकालेको हो ।

पाटीका कामहरु अगाडि बढाउने र एकिकरणका बाँकी कामहरु सक्नुपर्ने बेलामा पाटीका अध्यक्ष प्रचण्ड सधै नियुक्ती, सरुवा र बढुवाका लागि बालुवाटारका मात्र ध्यान दिएको आरोप लगाइएको छ । आफ्ना मान्छेहरुलाई नियुक्ती दिलाउने र प्रधानमन्त्री आफू कसरी हुने भन्ने कुरामा मात्र प्रचण्डको नजर पुगेका कारण पाटीले गति लिन नसकेको भेलाको निश्कर्ष छ ।

भेलाका सहभागीहरुले पाटी एकता सिध्याउन र सरकारलाई काम गर्न नदिने वातावरण बनाउने कार्यमा सधै प्रचण्ड उद्धत रहेको समेत भनिएको छ । आफ्नै पाटीको सरकारलाई अविश्वासको प्रस्ताव बोकेर प्रचण्ड र माधव नेपाल हिडेका कारण प्रधानमन्त्रीले ताजा जनादेशमा जाने निर्णय गरनुलाई समर्थन गर्दै अदालतले दिने निर्णयलाई आत्म साथ गर्ने भेलाका सहभागीहरुले बताएका थिए ।

भेलामा पाटीका गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुम्बा गुरुङ, प्रदेश कमिटि सचिव गोविन्द नेपाली, नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष पदम गिरी, केन्द्रिय सदस्यहरु मना केसी, विकास लम्साल, मनोहर वि पौडेल, मेघनाथ सुवेदी, सचिवालय सदस्य शिव पौडेल, युवा संघका केन्द्रिय सदस्य बिमल लामिछाने लगाएतले मन्तब्य राखेका थिए । उनीहरुले पाटी एकताको प्रक्रिया समस्या परेको बेलामा पाटीबाट केहि नेताहरु चोइटिएर जान लागेको भन्दै मुल प्रवाह आफूहरु नै भएको दावी गरेका थिए । पाटीबाट विभाजन भएर कोहि पनि बाहिर नजान आग्रह गर्दै सवै कार्यकर्तालाई मूल प्रवाहमा एकिकृत हुन समेत आग्रह गरेका थिए । भेलाको निश्कर्ष पाटीका कार्यलय सदस्य गोविन्द पहाडीले पढेर सुनाएका थिए ।

नेकपाका अध्यक्ष केपी ओलीको नेतृत्व नै पाटीको संस्थापन लाइन भएको नेताहरुको दावी थियो । भेलामा झण्डै १ हजारको संख्यामा जिल्ला भरका अगुवा कार्यकर्ताहरुको सहभागीता रहेको थियो । भेला पुर्व सहभागीहरुले केपी ओली र नेकपाको पक्षमा नारा लगाउँदै बजार परिक्रममा गरेका थिए ।