पर्वतमा जनता समाजवादीका नेता लामिछाने सहित कांग्रेसका १० जना कार्यकर्ता नेकपा प्रवेश

२६ पुस, पर्वत । पाटी एकिकरण हुने विभाजन हुने क्रम चलिरहँदा पर्वतको नेपाल कम्युनिष्ट पाटी (नेकपा) मा पाटी केहि कार्यकर्ताहरु पाटी प्रवेश गरेका छन् । पर्वतको कुश्मामा आयोजीत नेकपा ओली पक्षको जिल्लामा भेलामा पर्वत जिल्लाका पुराना बाम आन्दोलनका नेता कमल लामिछाने सहितका कार्यकर्ताहरु पाटी प्रवेश गरेका छन् ।

पाटी प्रवेश गर्नेहरुलाई कम्युनिष्ट पाटीका प्रदेश इन्चार्ज तथा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ र नेकपाका केन्द्रिय सदस्य पदम गिरीले टिका तथा खादा लगाएर पाटीमा स्वागत गरेका छन् । पाटी विभाजको संघारमा पुग्नै लाग्दा केपी ओलीको राष्ट्रियता प्रति प्रभावित भएको भन्दै ति कार्यकर्ताहरु नेकपाको ओली समूहमा प्रवेश गरेका हुन् ।

पाटी प्रवेश गर्नेहरुमा कुनपा ९ का राम शर्मा लामिछाने, फलेवास नगरपालिका १० का नेत्र बहादुर गुरुङ, सुनिल गुरुङ, रविन गुरुङ, अशोक गुरुङ, फलेवास ६ का भिमबहादुर नेपाली, कुश्मा नगरपालिका वडा न ५ का बाबुराम नेपाली, विहादी गाउँपालिकाका विशाल भुषाल कुश्मा नगरपालिका ३ का दुर्गाबहादुर विक तथा कुश्मा नगरपालिका १० पिपलटारीका संघीय समाजवादीका नेता कमल लामिाछने छन् ।

लामिछाने पूर्व माओवादी आन्दोलनका अगुवा नेता हुन् ।