नेकपाको कुश्मामा भब्य जुलुस कार्यकर्ताले भने–‘केपी ओली रेलमा भ्रष्ट्रचारी जेलमा’(तस्विरहरु)

२५ पुस, पर्वत । केपी शर्मा ओली निकट नेपाल कम्युनिष्ट पार्टीको जिल्ला भेला कुश्मामा सम्पन्न भएको छ । भेला शुरु हुनपूर्व सहभागीहरुले कुश्मा बजारको परिक्रममा गरेका थिए । यस अघिको प्रचण्ड समूहको भन्दा दोब्बर अगुवा कार्यकर्ताको उपस्थितीमा भएको ¥यालीका सहभागीहरुले केपी ओली रेलमा भ्रष्टचारी जेलमा भन्ने नारा लगाएका थिए । केपी ओलीको सरकार बनेपछि धेरै ठूला भ्रष्ट्रचारीहरु जेलमा परेको भन्दै उनीहरुले यस्तो नारा लगाएका हुन् ।

भेलालाई गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री तथा नेकपाका स्थायी कमिटि सदस्य पृथ्वी सुब्बा गुरुङले सम्बोधन गरेका छन् । गुरुङले प्रचण्ड र माधव समूहले पार्टी भित्र अन्तरविरोधको सृजना गरेको आरोप लगाए । उनले पाटी फुटाउन प्रचण्ड र माधवको मूख्य भूमिका रहेको भन्दै कम्युनिष्ट कार्यकर्ताले चाहेको एकताबद्ध कम्युनिष्ट पाटीको सपना अधुरो रहेको बताए ।

कार्यक्रममा नेकपा पर्वतका अध्यक्ष पदम गिरीले तत्कालीन माओवादी जनमतको हिसावले सानो भएपनि एमाले सरहको हैसियतमा पाटी एकता गरेर केपी ओलीले गुन लगाएको बताए । ठूलो पाटीसंग एकता गर्ने सानो पाटीलाई समान हैसियत दिएका कारण आज पाटी एकता नटिकेको गिरीको भनाई थियो ।

कार्यक्रममा नेकपा गण्डकी प्रदेश कमिटि सचिव गोबिन्द नेपालि, केन्द्रिय सदस्यहरु मना केसी, विकास लम्साल, मनोहर बि पौडेल, मेघनाथ सुवेदी, मोदी गाउपालिका अध्ययछ प्रेम पौडेल र नेकपा जिल्ला सचिवालय सदस्य शिव पौडेल, युवा संघका केन्द्रिय सदस्य बिमल लामिछाने लगाएतले मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन नेकपाका कार्यालय सदस्य गोविन्द पहाडीले गरेका थिए ।