पर्वतको महाशिला ४ बालाकोटको सिंगो वडा कमिटिद्धारा ओलीलाई समर्थन गर्ने निर्णय

२३ पुस, पर्वत । नेपाल कम्युनिष्ट पार्टी पुर्ण रुपमा फुटको संघारमा पुगेको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले छुट्दै समुह खडा गरेपछि विभाजन लगभग निश्चित देखिएको हो । यस्तो अवस्थामा प्रदेश, स्थानीय तह हुँदै वडा तहसम्म विभाजन हुन थालेका छन् ।
अझैपनि धेरै ठाउँमा कुन पक्षतर्फ लाग्ने भन्ने अन्यौलता देखिन्छ ।

तर पर्वतको महाशीला गाउँपालिका वडा नं. ३ वालाकोटको नेकपा वडा कमिटिको वैठकले प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने निणर्य गरेको छ । वैठकले सिङ्गो वडा कमिटिले जनताको बहुदलिय जनवादको पक्षमा दृढताका साथ लाग्ने निणर्य गरेको हो । नेकपाका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपामा एकतावद्ध भएर लाग्ने निणर्य भएको वडा कमिटिका अध्यक्ष रुमबहादुर गुरुङले जानकारी दिनुभयो । ओलीकै नेतृत्वमा मुलुकमा स्थायित्व र समृद्धि सम्भव भएकाले वडा कमिटिका सवै सदस्यहरुको एकै समुहमा समर्थन रहेको गुरुङले जानकारी दिनुभयो ।

वडा कमिटि अध्यक्ष रुमबहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकमा गाउँकमिटिका सवै पदाधिकारी तथा सदस्य तथा अन्य कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।