पर्वतका २ युवा कांग्रेस पार्टी परित्याग गरी केपी पक्षको नेकपामा पार्टी प्रवेश

२३ पुस, पर्वत । नेपाली कांग्रेस पार्टी परित्याग गरी पर्वतका दुई जना युवा केपी ओलीले नेतृत्व गरेको नेकपामा प्रवेश गरेका छन् । राष्ट्रको सम्बृद्धि केपी ओलीको अगुवाईमा मात्र सम्भव भएको भन्दै पर्वतको खौला र ठुलिपोखरी वडाका २ जना युवा पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेमा ठुलिपोखरीका देव शर्मा ढुंगाना लगाएतका नेताहरु छन । नेकपाका केन्द्रिय सदस्य तथा युवा नेता महेश बस्नेत र अर्का केन्द्रिय सदस्य पदम गिरीले टिका र खादा लगाएर पार्टीमा स्वागत गरे । राष्ट्रिय युवा संघ पर्वतको जिल्ला भेलाको अवसरमा उनीहरु नेकपामा प्रवेश गरेका हुन् ।

पर्वतमा कम्युनिष्ट युवा शक्ति सवै केपी ओलीको पक्षमा देखिएका छन् ।