२३ पुस, पर्वत । जिल्लाको जलजला गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टीको केपी पक्षको भेला सम्पन्न भएको छ । भेलालाई नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष पदम गिरीले सम्बोधन गरेका छन् । भेलालाई सम्बोधन गर्दै नेता गिरीले आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्री हुँदा उहाँ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर पार्टीलाई विधिबत् रुपमा फुटको संघारमा पुराएको बताए ।
माधव नेपाल प्रचण्डसंग मिलेर दुई तिहाई हाराहारीको सरकार गिराउने खेलमा लागेका कारण प्रधानमन्त्रीले बाध्य भएर संसद विघटन जस्तो दुःखत निर्णय लिन पुगेको उनले बताए । भेलालाई सम्बोधन गर्दै पूर्व सांसद समेत रहेका गिरीले अव केपी ओली नेतृत्वको कम्युनिष्ट पार्टीमा गोलबन्द भएर सुखी नेपाली सम्बृद्ध नेपाल निर्माणको बाँकी अभिभारा पुरा गर्न सवै कार्यकर्तालाई अनुरोध गरे ।
उनले बर्षौसम्म देशले लिन नसकेको विकासको गति केपी ओली कै नेतृत्वमा भएको सरकारले लिन खोजेको बेलामा पाटी भित्रको आन्तरीक विवाद लिएर सरकारलाई अस्थिर बनाउने खेलमा लागेका कारण प्रचण्ड र माधव नेपाललाई कम्युनिष्ट कार्यकर्ताले माफी दिन मिल्ने गल्ति गरेको समेत सांसद गिरीले बताए ।
कार्यक्रममा नेकपाका केन्द्रिय सदस्यहरु मनोहर वि पौडेल, मेघनाथ सुवेदी, यज्ञ सुवेदी तथा प्रदेश कमिटि सदस्य देवेन्द्रराज पाण्डे, कार्यालय सदस्य गोविन्द पहाडी सचिवालय सदस्य लालबहादुर अधिकारी, जिल्ला सदस्य शिव पौडेल, स्थानीय नेता बाबुराम कार्मी युवा संघ पर्वतका नेता विकास गिरी लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । नेकपाका नेता टेकबहादुर जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महेन्द्र रेग्मीले गरेका थिए ।