हिलेखोला–कार्किनेटा सडकमा कालोपत्रेको मोटाई २ सेन्टीमिटर नै भएको कार्यालयको स्पष्टोक्ती

२६ मंसिर, पर्वत । जिल्लाको फलेवास नगरपालका अन्तर्गत हिले खोला देखि कार्किनेटासम्मको सडक कालोपत्रे हुँदैछ । प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय मार्फत उक्त सडक कालोपत्रे हुन लागेको हो । सडक कालोपत्रेकोको क्रममा प्राविधिक त्रुटिका कारण कालोपत्रेको मोटाई सार्वजनिक गर्दा फरक पर्न गएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार उक्त सडकको डिटेल डिजाईन तथा इन्जिनियर स्टिमेटमा २ सेन्टिमिटर नै उल्लेख भएको भन्दै सडकको मोटाईमा कुनै परिर्वतन भएको छैन् । स्थानीयबासीे सडकको स्टिमेण्टमा परिर्वतन गरिएको आशंका गरेपछि कार्यालयले एक बक्तब्य जारी गर्दै सडकको स्टिमेटमा परिर्वतन नभएको जनाएको हो । सडकको गुणस्तरको बारेमा स्थानीयले गराएको सचेतता प्रति आभार ब्यक्त गर्दै कार्यालयले कालोपत्रेको काम शुरु भएको र कालोपत्रे भएको स्थानमा पनि २ सेन्टिमिटर नै कालोपत्रे भएको जनाएको छ ।

चालु आर्थिक बर्ष भित्र कालोपत्रे गरिसक्ने गरि हिमदुङ एण्ड थोकर कम्पनी प्रालि काठमाडौलाई निर्माणको जिम्मा दिइएको उक्त सडकको कुल लागत १६ करोड ६ लाख ४३ हजार नौसय ९० रुपैयाँ रहेको छ भने निर्माण गरिने सडक खण्डको लम्बाई ५।३ किमि रहेको पूर्वाधार कार्यालयले जनाएको छ ।

पर्वत जिल्ला भित्रने सहायक नाकाको रुपमा यस सडक प्रयोग हुँदै आएको छ । मध्यपहाडी लोकमार्ग र हुवास चिसापानी सडक पछि यस सडकमा दैनिक सवारी साधनहरु चल्ने गर्छन् । प्रयोगको हिसावले महत्वपूर्ण सडकको रुपमा रहेको यो सकडको निर्माण कार्य अहिले तिव्र गतिमा अघि बढिरहेको छ ।