पर्वतबासीलाई खल्लो छ तिहार : १ सय ९ जना सक्रिय संक्रमित

३० कार्तिक, पर्वत । यस बर्षको तिहार सवैको लागि खल्लो छ । देशमा महामारी दिनानुदिन बढिरहेको छ । संक्रमित कति भए भन्ने भन्दा पनि मृत्यु कति भयो भन्ने बेला आएको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दिनप्रति दिन थपिरहेको छ । संक्रमीतको संख्या बढ्दो दरमा बढिरहेको छ । केहि महिना अघिसम्म सामान्य जस्तै रहेको नेपाली जनजीवन यतिबेला भय र त्रासका वीच गु्ज्रीरहेको छ ।

नेपालमा कोरोना संक्रमण शुरु नै नहुँदा लक डाउन भएको देशमा यति बेला टोलै पिच्छै अझै भने धेरैको घर घरमा संक्रमण बढिरहेको बेलामा भने न लक डाउन छ न त यसबाट बच्नका लागि उच्च सुरक्षा अपनाइएको छ । दशैको शुरुवात भएदेखि नै देशमा संक्रमीतको संख्या निकै ठूलो मात्रा बढ्यो । देश भर चाडपर्वको चहलपहल भएसंगै संक्रमीतको संख्या बढ्दै गयो त्यो दर पर्वतमा पनि उच्च हुन थालेको छ । केहि महिना पहिल्ल सम्म भारतबाट फर्केकाहरुमा मात्र संक्रमण भेटिएको पर्वतमा अहिले झण्डै ३ दर्जन बढि वडाहरुमा संक्रमण पुष्टि भइसकेको छ । स्थानीय ब्यक्तिहरुमा संक्रमण फैलिएको मात्र छैन् कोरोना संक्रमणकै कारण २ जना मानिसको मृत्यु समेत भईसकेको छ । यस्तो अवस्थामा पनि नेपालीहरुको ठूलो पर्व तिहार पर्वतबासीले मनाउन बाध्य छन् ।

उसो त, गत बर्षहरुको जस्तो तिहारका हर्ष बढाई छैन् न उत्साह छ न रौनक छ । बजारमा र गाउँ घरमा गु्न्जीने देउसी र भैलोका आवाजहरु यस बर्ष गुन्जिएका छैनन् । मध्य दिन देखि नै बजारका चोकहरुमा सामूहिक नृत्य सहितका भैलोहरु यो बेलामा बन्द छन् । बजारमा मानिसको चहलपहल गत बर्षहरुको जस्तो पनि देखिदैन् । कतिपयले यस पटकको भाईटिका जहाँ छौ, त्यहिबाट मनाउने भनेर गृह जिल्ला फर्केका पनि छैनन् । सवारी साधनहरुमा हुने चाप यस पटक घटेको छ । यद्यपि संक्रमणको बेलामा अपनाउनुपर्ने सर्तकर्ता र निकै कम जमघट हुनुपर्नेमा केहि मात्रामा त्यो जमघट मुख्य बजार क्षेत्रमा देखिन्छ ।

यस पटकको भाईटिकामा जिल्लाका १ सय ९ जना मानिसले भने टिका ग्रहण नै गर्न पाउने भएका छैनन् । संक्रमण पुष्टि भएका उनीहरु आइसोलेसनमा बसेका छन् । तिहारको दिनमा न आफन्तसंग धित मारेर गफ गर्न पाउनेछन् न तिहारको झिलिमिलिमा रमाउन पाउने भएका छन् । कतिपय अस्पतालको बेडमा छन् भने कतिपय होम आइसोलेनमा बसीरहेका छन् । लक्षण सहितका संक्रमीतहरुलाई त अझै रोगलाई परास्त पार्न धौ धौ जस्तै हुँदैछ ।

जिल्लामा हालसम्म २ सय ७३ जना संक्रीत भइसकेका छन् । ति मध्ये आधा जसो भारत र अन्य मुलुकबाट फर्केकाहरु छन् भने आधा जति स्थानीयबासी नै छन् । संक्रमीत मध्ये २ जनाको मृत्यु भइसकेको छ । १ सय ६२ जना निको भइसकेका छन् । बाँकी १ सय ९ जना अझै पनि संक्रिय संक्रमीत छन् ।