पर्वतमा संक्रमीतको हालसम्मकै उच्च संख्या : एकै दिन १८ संक्रमीत थपिए

२९ कार्तिक, पर्वत । जिल्लामा कोरोना संक्रमीतको हालसम्मकै उच्च संख्या एकै दिनमा थप भएको छ । संक्रमण शुरुवात भएको झण्डै ८ महिनाको अवधिमा हालसम्मकै उच्च संक्रमीत संख्या पर्वतमा भेटिएको हो ।

स्वास्थ्य निर्देशनालय पोखराले जनाए अनुसार पर्वत जिल्लामा कार्तिक २९ गते मात्रै १८ जना नयाँ संक्रमीत पहिचान भएका छन् । जस मध्ये १६ जना एउटै गाउँपालिकाका रहेका छन् । उनीहरु जलजला गाउँपालिकाका हुन् । यसैगरी कुश्मा नगरपालिकामा २ जना नयाँ संक्रमीत थपिएका छन् ।

योसंगै एकै दिन कुल १८ जना संक्रमीतको संख्या पहिचान भएको स्वाथ्य निर्देशनालयले पोखराले जनाएको छ । जस मध्ये जलजला गाउँपालकाका २४, ३६, ३५, ५०, ४७, र ३२ बर्षका महिला रेहका छन् ।

यसैगरी सोहि गाउँपालिकाका २७, ३२, ३७, ३८, ६३, १६, २१, १७, ७४ र ४० बर्षका पुरुष रहेको निर्देशनालयले जनाएको छ । उनीहरु कुन वडाका हुन भन्ने पहिचान नभएको निर्देशनालयको उल्लेख गरेको छ । यसैगरी कुश्मा नगरपालिका वडा न १ का ३३ र ३० बर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।