कोरोना संक्रमणबाट कुश्मामा थप एक जनाको मृत्यु

१३ कार्तिक, पर्वत । कोरोना संक्रमणबाट पर्वतको कुश्मा नगरपालिकामा थप १ जनाको मृत्यु भएको छ । संक्रमण पुष्टि भएका पर्बतको
कुस्मा नगरपालिका वडा न ६ शिबालय चोकका ५५ बर्षीय एक जना पुरुषको मृत्यु भएको हो ।

योसंगै पर्वतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । आज मृत्यु हुने पुरुषको चरक मेमोरियल अस्प्ताल पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।

चरक मेमोरियल अस्पताल, पोखराको आईसियुमा मा उपचारका क्रममा ती पुरुषको निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

मृतकमा बुधबार गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । उहाँमा कोरोनाका अतिरिक्त निमोनिया, हाइपरटेन्सन र श्वासप्रश्वास सम्बन्धी समस्या रहेको क्षेत्रिय स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले जानकारी दिएका छन्। मृतक पूर्व शिक्षक समेत हुन् ।

कुश्मामा होटल ब्यवसाय सञ्चालन गर्दै आइरहेका उनको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि पोखरा लगिएको परिवार श्रोतले जनाएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।

 

यो पनि पढ्नुहोस्

 

 

कोरोना संक्रमणबाट पर्वतमा १ जनाको मृत्यु, मृतकको शव स्थानीय प्रशासनले ब्यवस्थापन गर्ने