कोरोना संक्रमणबाट पर्वतमा १ जनाको मृत्यु, मृतकको शव स्थानीय प्रशासनले ब्यवस्थापन गर्ने

३ कार्तिक, पर्वत । कोरोना संक्रमणबाट पर्वतमा १ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएकी पर्वतको कुश्मा नगरपालिका वडा न ५ बस्ने ४८ बर्षिया महिलाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले पुष्टि गरे । रेग्मीले परिवार श्रोतलाई उल्लेख गर्दै कोरोनाको संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसीरहेकी महिलाको मृत्यु भएको पुष्टि गरेका हुन् ।

कोरोना संक्रमण भएको आधाकारिक रिर्पोट प्राप्त नभएपनि पोखरामा कोरोना संक्रमण पुष्टि भएकी महिलालाई अस्पतालले होम आइसोलेसनमा पठाएको परिवार श्रोतले जनाएको प्रमुख जिल्ला अधिकारी रेग्मीको भनाई छ । गत असोज ३० गते पोखराबाट रिफर भएर कुश्मा आएकी ति महिलाको कार्तिक २ गते मृत्यु भएको हो ।

मृत्यु भएकी महिलामा स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि पोखरा गएकी थिइन् । पोखरामा उपचाररत उनमा पोखरा गएको ७ दिनको दिनमा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रेग्मीको भनाई छ ।

मृतक महिला बागलुङ नगरपालिका वडा न १३ की स्थायी बासिन्दा हुन् । हाल उनी कुश्मा नगरपालिका वडा न ५ मा बस्दै आएकी थिइन् ।

संक्रमीत महिलामा लक्षणहरु  देखिए पनि घरमै बस्न आग्रह गर्दै अस्पतालले रिफर गरेको बताइन्छ । संक्रमण पुष्टि भएकी महिलाको शवलाई आजै मोदीवेणी घाट परिसरमा अत्यष्टि गरिनेछ भएको छ । सोमबार विहान कोरोना रोकथाम सम्बन्धि जिल्ला स्तरीय समिति सिसिएमसिको निर्णय अनुसार महिलाको शव नेपाली सेनाले ब्यवस्थापन गर्नेछ ।

महिलाको स्वास्थ्य सम्बन्धि विवरणको अवस्थाको अध्ययन गर्न पर्वत अस्पताल र स्वास्थ्य कार्यालयलाई थप निर्देशन दिइएको प्रजिअ रेग्मीले बताए । पोखराबाट रिफर गर्नुपर्ने कारण र संक्रमीतको सम्पर्कमा रहेकाहरुको अवस्था पहिचान समेत गरिनेछ प्रजिअ रेग्मीको भनाई छ ।

मृतक महिलामा मधुमेह (सुगर) समेतको विरामी रहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।